धनगढी न्यूज

Day: August 22, 2024

श्रीलङ्का स्थानीय निर्वाचन ढिलाइमा राष्ट्रपति दोषी ठहर

श्रीलङ्का स्थानीय निर्वाचन ढिलाइमा राष्ट्रपति दोषी ठहर

कोलम्बो, भदौ ६ गते । श्रीलङ्काको सर्वोच्च अदालतले स्थानीय निर्वाचनलाई अनिश्चित कालका लागि ढिलाइ गरेकामा बिहीबार राष्ट्रपति रनिल विक्रमासिङ्घेलाई ‘गैरकानूनी आचरण’ को दोषी ठहर गरेको छ । स्थानीय निर्वाचनलाई अर्थतन्त्रको व्यवस्थापनमा अनौपचारिक जनमत सङ्ग्रहका रूपमा हेरिएको छ । पदमा रहँदा विक्रमासिङ्घेले उन्मुक्ति पाएकाले अदालतको फैसलाले तत्काल कुनै कानूनी परिणाम नल्याए पनि आगामी महिना हुने राष्ट्रपति निर्वाचनमा मतदाताहरूका लागि अर्थतन्त्रको अवस्था प्रमुख मुद्दा हुने अपेक्षा गरिएको छ । सन् २०२३ मार्चमा स्थानीय निर्वाचन स्थगित भएकाले सेप्टेम्बर २१ मा हुने राष्ट्रपति निर्वाचन अब दुई वर्षअघि विक्रमासिङ्घेले पदभार ग्रहण गरेपछि पहिलो निर्वाचन हुनेछ । अभूतपूर्व वित्तीय सङ्कटबाट आक्रोशित प्रदर्शनकारीहरूले सन् २०२२ जुलाईमा शक्तिशाली राष्ट्रपति…
Read More
डोटीमा एक जना मृत अवस्थामा फेला

डोटीमा एक जना मृत अवस्थामा फेला

डोटीः डोटीमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला स्थित पक्कि पुल नजिकै सेती नदीमा घोप्टो अवस्थामा शव फेला परेको हो। शिखर नगपालिका–६ तलकोटका २८ वर्षिय कैलाश लुहार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। शवको पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाइएको छ।
Read More
धनगढीको वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माण गर्न ८ करोड ६२ लाखमा ठेक्का

धनगढीको वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माण गर्न ८ करोड ६२ लाखमा ठेक्का

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकासँगै जोडिएको वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माण गर्न ठेक्का सम्झौता गरिएको छ। सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाई, धनगढीले ८ करोड ६२ लाख ५० हजार सात सय नौ रुपैयाँमा उद्यान निर्माणका लागि ठेक्का सम्झौता गरेको हो। नेशनल/पवन जेभीसँग २०८१ असार १७ गते वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माणका लागि सम्झौता गरिएको हो। धनगढी पार्कका नाउले परिचित वीरेन्द्र–ऐश्वर्य उद्यानलाई आधुनिक तरिकाले निर्माण गर्न सम्झौता गरिएको सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाई धनगढीका सूचना अधिकारी सौरभ कलौनीले बताए। वीरेन्द्र–ऐश्वर्य उद्यानसँगै धनगढीमा एक हजार दुई सय ५० मिटर सडक समेत निर्माण गर्न सम्झौता भएको हो। निर्माण कम्पनीले २०८३…
Read More
अरिङगालको टोकाइबाट एकको मृत्यु, एक घाइते

अरिङगालको टोकाइबाट एकको मृत्यु, एक घाइते

त्रिवेणी (रुकुमपश्चिम), भदौ  ६ गते । रुकुम पूर्वमा अरिङगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते हुनुभएको छ । जिल्लाको भूमे गाउँपालिका–९ चनवाङका २७ वर्षीया न्युटन घर्तीको आज बिहान उपचारको क्रममा जिल्ला अस्पताल रुकुम पूर्वमा मृत्यु भएको हो । अरिङगालको टोकाइबाट घाइते हुनुभएका सिस्ने गाउँपालिका–७ नाथिघाटका २४ वर्षीया कमल रेउलेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सिस्ने गाउँपालिका–५ स्थित  धौलापैरा जङ्गलमा अरिङगाल पोल्ने क्रममा बुधबार साँझ घर्ती र रेउलेलाई अरिङगालले टोकेर घाइते भएका थिए । घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको थियो । उपचारको…
Read More
बाढीबाट डेढ हजार परिवार प्रभावित

बाढीबाट डेढ हजार परिवार प्रभावित

धनगढी, भदौ ६ गते । कैलालीमा बाढी डुबानका कारण डेढ हजार परिवार प्रभावित भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार कैलारी गाउँपालिका, भजनी नगरपालिका, गौरीगङ्गा नगरपालिका र घोडाघोडी नगरपालिकाको विभिन्न स्थानमा डुबान भएको छ । मोहना, कटैनी, पथरैया, कान्द्रा, घुरहा लगायतका नदीमा आएको बाढीले करिब पाँच सय घरधुरी डुबानमा परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो । डुबानबाट एक हजार सात सयभन्दा बढी परिवार प्रभावित भएको उहाँले जानकारी दिनुभयो । प्रभावितमध्ये कैलारी गाउँपालिका –५ बन्दरगौढीको पाँच परिवारका १० जनालाई प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ । पानी पर्न नरोकिएकाले नदीमा पानीको बहाव बढ्ने क्रम अझ नरोकिएको जिल्ला प्रशासन…
Read More
भैँसीगोठमा मरेकाे बाघ फेला पर्‍याे

भैँसीगोठमा मरेकाे बाघ फेला पर्‍याे

हेटौँडा, भदौ ६ गते । पश्चिम मकवानपुरको मनहरिमा बिहीबार बिहान गोठमा बाघ मृत अवस्थामा फेला परेको छ । ३ बजेको समयमा मनहरी गाउँपालिका वडा नं.६ प्रतापपुरस्थित बलबहादुर राईको गोठमा बाघ मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बाघले राईको गोठमा रहेको भैँसीलाई आक्रमण गर्दा एउटा भैँसी घाइते भएको र सोही गोठमा बाघ मृत अवस्थामा भेटिएको मकवानपुर प्रहरीको भनाइ छ । प्रहरी टोली र पर्सा वन्यजन्तु आरक्षण सुरक्षार्थ खटिएको मध्यवर्ती क्षेत्र पदमपोखरी सेक्टर लामिटार ब्यारेकबाट नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो । घटनास्थलको प्रारम्भिक अनुसन्धानबाट बाघ बुढो रहेकाले भैँसीले हान्दा मरेको हुन सक्ने खुल्न आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी…
Read More
जोखिम मोलेर विद्यालय जान्छन् चुरेका बालबालिका

जोखिम मोलेर विद्यालय जान्छन् चुरेका बालबालिका

गोदावरी (कैलाली), भदौ ६  गते ।  चुरे गाउँपालिका–४ भएर बग्ने कालेखोलामा पुल नहुँदा यहाँका स्कुले बालबालिका जोखिम मोलेर विद्यालय जान बाध्य छन् । वर्षायाममा उनीहरू जोखिमपूर्ण यात्रा गरेर जगातिस्थित समैजी आधारभूत विद्यालय जान बाध्य छन् ।   कालेखोलामा पुल नहुँदा पानी परेका बेला तुडेपानी र बार्जुगडाका विद्यार्थीलाई अभिभावकले प्रत्येक बिहान र दिउँसो स्कुल पुर्याउने र ल्याउने गर्दै आएका छन् । विद्यार्थीले निथ्रुक्क भिजेर कक्षामा बस्नुपर्ने दयनीय अवस्था रहेको शिक्षक मदन विकले बताउनुभयो । उहाँले भन्नुभयो, “कालेखोलामा पुल नहुँदा यस्तो बाध्यता परेको हो । ठूलो पानी पर्नेबित्तिकै केटाकेटी स्कुल नै आउँदैनन् ।” गाउँलेहरूले वर्षौँदेखि कालेखोलामा झोलुङ्गे पुलको माग गर्दै स्थानीय तह,…
Read More
कैलालीको मोहना, कान्द्रा नदीमा बाढी, सतर्क रहन आग्रह

कैलालीको मोहना, कान्द्रा नदीमा बाढी, सतर्क रहन आग्रह

धनगढीः कैलालीको अधिकांश स्थानमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएको छ। कैलालीको मोहना, कान्द्रा लगाएत नदीमा बाढी आएको छ। मङ्गलवार रातिदेखिको वर्षाले मोहना, कुलरिया, कान्द्रा, घुराहा लगायत अन्य सहायक नदीहरूमा आकस्मिक बाढी तथा होचो भू–भागमा डुबानको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले नदी क्षेत्र तथा नदीका कारण डुबान हुने भू–भागका नागरिकहरूलाई सतर्क रहन भनेको छ। पूर्वी कैलालीका धेरे स्थानमासमेत वर्षाको पानीका कारण डुबान भएका छन्।
Read More
त्रिविमा फेरि किचलो

त्रिविमा फेरि किचलो

काठमाडौँ, भदौ ६ गते । नयाँ पदाधिकारी नियुक्तिसँगै लयमा आउन लागेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा फेरि किचलो सुरु भएको छ । बढ्दो राजनीतिक हस्तक्षेपका कारण थिलथिलो बनेको आरोप खेपिरहेको त्रिविमा एक विभागीय प्रमुख नियुक्तिको विवादले पदाधिकारी कार्यालयमै छिर्न नसक्ने अवस्था निम्त्याएको हो । समाजशास्त्र केन्द्रीय विभागमा प्रमुख नियुक्तिको विवादका कारण शिक्षाध्यक्ष प्राडा खड्ग केसीलाई विद्यार्थीले ज्यान मार्ने धम्की दिएका छन् । जसका कारण केसीसहित रजिस्ट्रार प्राडा केदार रिजाल पछिल्लो समय सहज रूपमा कार्यालय प्रवेश गर्नसमेत सक्नुभएको छैन । तथापि सरकारले डिएसपीको नेतृत्वमा प्रहरी परिचालन गरेपछि उहाँहरू बुधबारदेखि नियमित काममा फर्कनुभएको छ । उपकुलपति प्राडा केशरजङ्ग बराल भने बिरामी भएर घरमै आराम…
Read More
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×