धनगढी न्यूज

काठमाडौं-८ : विराजभक्त निर्वाचित, उपविजेता सायमीको जमानत जफत

२२ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा निकटतम प्रतिद्वन्द्वी (उपविजेता) कै जमानत जफत भएको छ ।

यो क्षेत्रमा कुल सदर मत ३६ हजार ४१३ खसेको थियो । जसमध्ये २४ हजार ५९२ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत ल्याए । जमानत जोगाउनका लागि कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्ने हुन्छ ।

तर सायमीले १० प्रतिशत मत समेत ल्याउन सकेनन् । जमानत जोगाउन ३ हजार ६४२ मत ल्याउनु पर्नेमा ३ हजार २१७ मत मात्रै ल्याएपछि सायमीको जमानत जफत भएको हो । यो क्षेत्रका विजेता बाहेक अरु सबैको जमानत जफत भएको छ ।अन्लाईन खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×