धनगढी न्यूज

एसपिए Tech Fest 0.2 आयोजना हुँदै

Advertisement

धनगढीको सुदूर पश्चिमाञ्चल क्याम्पसमा सूचना प्रविधि उत्सव (Tech Fest 0.2) आयोजना हुने भएको छ । यही माघ १० र ११ गते एसपिए रोवोटिक्स क्लबको आयोजनामा उक्त प्रविधि उत्सवको दोस्रो संस्करण आयोजना हुन लागेको हो । उक्त उत्सवमा सुदूर पश्चिमका विभिन्न विद्यालय तथा क्याम्पसहरुले सहभागिता जनाउन सक्ने क्लबका अध्यक्ष जैनुल अल जफर सिद्धिकीले जानकारी दिए ।

दुई दिनसम्म सञ्चालन हुने उक्त प्रविधि उत्सवलाई विभिन्न ४ वटा खण्डमा विभाजन गरिएको छ । जसअन्र्तगत रोबोटिक्स , विज्ञान , खेल तथा अतिरिक्त खण्डभित्र रोबो सुमो , रेस , सकर , स्टीम प्रर्दशनी , च्यालेन्ज , युवा वैज्ञानिक प्रदर्शनी , आइटी हाजिरिजवाफ , चेस , बेलुक काररेस रहेका छन् । त्यस्तै अतिरिक्त खण्ड अन्तर्गत मनोरञ्जनात्मक नृत्य , फुड स्टल , म्युजिक चेयर लगायतका प्रस्तुती रहने आयोजकद्धारा जनाईएको छ ।

यसका लागि सबै विद्यालय तथा क्याम्पसहरुलाई सहभागिता जनाई उत्सवलाई भव्य बनाउन आयोजकले अनुरोध समेत गरेको छ । त्यस्तै विभिन्न प्रतियोगिता तथा प्रदर्शनी अवलोकन गरी कार्यक्रमको शोभा बढाईदिन तथा नव प्राविधिकहरुको हौसला प्रदान गरिदिन समेत क्लबको आग्रह रहेको छ ।

विस्तृत जानकारीको लागि आधिकारिक मो.नं. ९७४६३२५९५९ तथा ईमेलमा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

काँग्रेसका नेता आलमको निधन

काँग्रेसका नेता आलमको निधन

रौतहट : नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन भएको छ। शनिबार बिहान काठमाडौँ मेडिकल कलेज (केएमसी...
जाडोमा छालाको सुक्खापन र फुट्ने समस्याबाट कसरी बच्ने ?

जाडोमा छालाको सुक्खापन र फुट्ने समस्याबाट कसरी बच्ने ?

जाडोमा अधिकांश मानिसहरूलाई छालासम्बन्धी समस्याहरू हुने गर्छन्। कहिले सुक्खापन हुन्छ त कहिले छाला फुट्छ। चिसो र सुक्खा हावा...
सडकबाट झण्डै ८०० मिटर तल खस्यो जिप

सडकबाट झण्डै ८०० मिटर तल खस्यो जिप

लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गए राति मर्स्याङ्दी गाउँपालिका ३ खुदिबाट सोही पालिका ६ नाइचेमा हिडिखोला हाइ...
बाढीपहिरोबाट भएको क्षतिको ३ अर्ब ७८ बराबरको बीमा दाबी

बाढीपहिरोबाट भएको क्षतिको ३ अर्ब ७८ बराबरको बीमा दाबी

२२ कात्तिक, काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब ७८ करोड ४० लाख ९० हजार ब...
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×