धनगढी न्यूज

धरौटी बुझाएर रवि आज छुट्ने

Advertisement

कालिमाटीको स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताको १ अर्ब १९ करोड रुपैयाँ बढी अनियमितता भएको प्रकरणमा रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश भएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका हुन् । अदालतको आदेशपछि लामिछानेले धरौटी बापतको बैंक ग्यारेन्टी पेश गरेका छन् ।

उनलाई जिल्ला अदालत कास्कीले समेत पोखराको सूर्यदर्शन सहकारीमा अनियमितता प्रकरणमा ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । रविविरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलले अनुसन्धान गरेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले पनि उनी जोडिएको साहारा चितवन सहकारी प्रकरणमा अनुसन्धान गरिरहेको छ । तर, कास्कीमा पनि उनी धरौटी बुझाएपछि छुटेर आफैं अदालतमा हाजिर भएको हुँदा काठमाडौंमा पनि त्यही नीति अपनाइने एक प्रहरी अधिकृतले बताए ।

काठमाडौं जिल्ला अदालतको आदेशपछि लामिछानेले प्रभु बैंकमा बैंक ग्यारेन्टी राखेर रिहाइको प्रक्रिया अगाडि बढाएका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

गर्मी तथा वर्षायाममा स्वस्थ रहन के गर्ने ?

गर्मी तथा वर्षायाममा स्वस्थ रहन के गर्ने ?

धनगढी – गर्मी अनि वर्षायाममा स्वास्थ्य प्रति सचेत भइएन भने विभिन्न किसिमका स्वास्थ्य समस्या आउन सक्ने चिकित्सक बताउँछन् । मौसम...
ने.वि.संघ सुदुर पश्चिमाञ्चल क्याम्पस ईकाइ समितीद्वारा होली मिलन कार्यक्रम आयोजना

ने.वि.संघ सुदुर पश्चिमाञ्चल क्याम्पस ईकाइ समितीद्वारा होली मिलन कार्यक्रम आयोजना

नेपाल विद्यार्थी संघ सुदुर पश्चिमाञ्चल क्याम्पस ईकाइ समिती द्वारा वि.सं. २०८१ सालको फागु पुर्णिमाको अवसरमा होली मिलन कार्यक्रम...
इसेवाद्वारा सुदुरपश्चिम प्रदेशका एजेन्ट तथा मर्चेन्टहरूलाइ  प्रशिक्षण प्रदान

इसेवाद्वारा सुदुरपश्चिम प्रदेशका एजेन्ट तथा मर्चेन्टहरूलाइ  प्रशिक्षण प्रदान

वालेट सेवा प्रदायक कम्पनी इसेवा लिमिटेड र जिएसएमए मोबाइल फर डेभ्लपमेन्टको सहकार्यमा धनगढीमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्...

Book Free! Friday !!

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×