धनगढी न्यूज

सहकारी ठगी प्रकरण : रविसहित ४२ जनाविरुद्ध मुद्दा दायर

Advertisement

चितवन जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका आरोपीमाथि मुद्दा दायर भएको छ । कास्की, काठमाडौं र रूपन्देही जिल्ला अदालतपछि चितवनको साहारा सहकारी ठगी प्रकरणमा लामिछानेमाथि मुद्दा दायर भएको हो ।

चितवनमा रविविरुद्ध ठगी मुद्दा दर्ता भएको हो । अन्य अदालतमा भने संगठित अपराध मुद्दा दायर भएको थियो । ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राईसहितलाई भने संगठित मुद्दा दायर भएको छ ।

अदालतमा दायर अभियोगपत्रमा सहकारीमा बचतकर्ताले राखेको रकममध्ये गोर्खा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ आएको खुलेको छ ।

त्योबाहेक जीबीको अन्य विभिन्न कम्पनीमा समेत रकम आएको देखिएको छ । रविबाहेक चितवनको साहारा सहकारीबाट रविकी श्रीमती निकिता पौडेल र गोपीकृष्ण मुभी कम्पनीमा समेत रकम आएको देखिएको छ ।

निकिताको खातामा ५९ लाख ३८ हजार २५१ र गोपीकृष्ण मुभीको खातामा ८१ लाख २५ हजार रुपैयाँ खाएको खुलेको हो ।

चितवनको साहारा सहकारीमा कुल ४२ जनालाई प्रतिवादी बनाइएको छ । पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी र रूपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने धरौटीमा छुटिसकेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

गर्मी तथा वर्षायाममा स्वस्थ रहन के गर्ने ?

गर्मी तथा वर्षायाममा स्वस्थ रहन के गर्ने ?

धनगढी – गर्मी अनि वर्षायाममा स्वास्थ्य प्रति सचेत भइएन भने विभिन्न किसिमका स्वास्थ्य समस्या आउन सक्ने चिकित्सक बताउँछन् । मौसम...
ने.वि.संघ सुदुर पश्चिमाञ्चल क्याम्पस ईकाइ समितीद्वारा होली मिलन कार्यक्रम आयोजना

ने.वि.संघ सुदुर पश्चिमाञ्चल क्याम्पस ईकाइ समितीद्वारा होली मिलन कार्यक्रम आयोजना

नेपाल विद्यार्थी संघ सुदुर पश्चिमाञ्चल क्याम्पस ईकाइ समिती द्वारा वि.सं. २०८१ सालको फागु पुर्णिमाको अवसरमा होली मिलन कार्यक्रम...
इसेवाद्वारा सुदुरपश्चिम प्रदेशका एजेन्ट तथा मर्चेन्टहरूलाइ  प्रशिक्षण प्रदान

इसेवाद्वारा सुदुरपश्चिम प्रदेशका एजेन्ट तथा मर्चेन्टहरूलाइ  प्रशिक्षण प्रदान

वालेट सेवा प्रदायक कम्पनी इसेवा लिमिटेड र जिएसएमए मोबाइल फर डेभ्लपमेन्टको सहकार्यमा धनगढीमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्...

Book Free! Friday !!

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×