Skip to main content

धनगढी न्यूज

धनगढीको फूलबारीमा गौशाला उद्घाटन, १५० पशुकाे व्यवस्थापन गरिने

Advertisement

धनगढी : कैलालीस्थित धनगढीको फूलबारीमा गौशालाको उद्घाटन गरिएको छ। धनगढी उपमहानगरपालिका–१८ फूलबारीमा निर्माण गरिएको गौशालाको उद्घाटन गरिएको हो।

एक करोड २० लाख बढीमा निर्माण गरिएका गौशालाका संरचनाहरू प्रदेश सभा सदस्य धर्मराज पाठकले आइतवार उद्घाटन गरेका हुन। धनगढी उपमहानगरपालिका–१६ रामपुर र १८ फूलबारीमा गौशाला निर्माणका लागि ठेक्का सम्झौता गरिएको थियो। धनगढी उपमहानगरपालिकाको एक करोड २० लाख ९ हजार ६ सय ५५ रुपैयाँ आन्तरिक स्रोतबाट फूलबारीमा गौशाला निर्माणको काम भएको हो। फूलबारीमा गौशालाको २ वटा ट्रस निर्माणको काम उपभोक्ता समितिले गरेको छ। ६० लाख ८९ हजार पाँच सय ९६ रुपैयाँमा २ वटा ट्रस निर्माण गरिएको छ। धनगढी उपमहानगरपालिकाले ४९ लाख ९१ हजार नौ सय ९१ रुपैयाँ भुक्तानी दिएको छ।

फूलबारी गौशालामा घेरबार र गार्ड घर निर्माणको काम आरएस कन्स्ट्रक्सन, धनगढीले २८ लाख ८५ हजार सात सय ६७ रुपैयाँमा गरेको हो। २०८० असोज १० गते आरएस कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको थियो। बोरिङ्ग र स्टोर हाउसको काम ४१ लाख ५४ हजार नौ सय ८६ मा आरआर निर्माण सेवा, धनगढी र शौचालय निर्माणको काम आरएस कन्स्ट्रक्सन, धनगढीले एक लाख ४४ हजार ५ सय ४५ रुपैयाँमा गरेको हो।

सामुदायिक पशुका कारण दुर्घटना हुने र किसानको खेतीबारीमा नोक्सानी हुन थालेपछि उपमहानगरपालिकाले व्यवस्थापन गर्न गौशाला निर्माण गरेको छ। कलस्टर (क्षेत्र) अनुसार व्यवस्थित गौशाला निर्माण गरिएका हुन। धनगढीमा वडा नम्बर १६ र वडा नम्बर १८ मा गौशाला पहिलो चरणमा निर्माणको काम थालिएको थियो। धनगढी उपमहानगरपालिकाको कलस्टर अनुसार चार वटा गौशाला निर्माण गर्ने योजना छ। वडा नम्बर १६ र १८ मा काम भएको छ। वडा नम्बर ३ मा एक गौशाला पहिलेै निर्माण गरिएको छ। दक्षिण र उत्तर क्षेत्रमा गौशाला निर्माणका लागि जग्गाको व्यवस्था भएको छैन्। उपमहानगरपालिकाले एक सय ५० सामुदायिक पशुको एक गौशालामा व्यवस्थापन गर्ने लक्ष्य छ। गौशाला सञ्चालनका लागि उपमहानगरपालिकाले संस्थाहरूसँग सम्झौता गर्नेछ। धनगढीका अन्य दुई स्थानमा पनि उपमहानगरपालिकाले गौशाला निर्माण गर्नेछ। तर, जग्गाको अभाव भएको उपमहानगरपालिकाले बताएको छ।

भारतको कानपुरको प्रविधि अनुसार धनगढीका पशुको व्यवस्थापन गर्न थालिएको हो। धनगढीको वडा नम्बर ३ एक संस्था र वडा नम्बर ७ मा उपमहानगरपालिकाले गौशाला सञ्चालन गर्दै आएको छ। वडा नम्बर ७ को गौशाला देवरीया वनस्पति उद्यानमा छ।

जग्गाको भोगाधिकार नलिएकाले वडा नम्बर ७ को गौशाला विवादीत छ। धनगढी उपमहानगरपालिकाले कलस्टर अनुसार थप गौशाला निर्माण गर्दै छ। वडा नम्बर ६, ११ र १३ का लागि एक, वडा नम्बर ९, १० र १२ का लागि अर्काे गौशाला निर्माण गर्ने योजना उपमहानगरपालिकाको छ।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...