वसन्त ऋतुको आगमन भइसकेको छ। यसको सङ्केत राजधानी काठमाडौंका सडकमा रोपिएका विभिन्न फलफूलका रुखहरूले पनि दिइरहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास, भृकुटीमण्डप तथा तीनकुने लगायतका सडक वरपर फुलेका चेरी र आरुका फूल निकै आकर्षक देखिएका छ।

धेरै गर्मी नहुने र धेरै जाडो पनि नहुने वसन्त यामलाई प्रकृतिको काँचुली फेर्ने ऋतुको रुपमासमेत चिनिन्छ। थाहा खबर बाट साभार










