Skip to main content

धनगढी न्यूज

विद्यार्थीमाझ लोकप्रिय बन्दै – योगेन्द्र चन्द

Advertisement

धनगढीस्थित सुदूरपश्चिाञ्चल क्याम्पसमा बिविएस अध्ययनरत योगेन्द्र चन्द विद्यार्थीमाझ लोकप्रिय मानिन्छन् । पढाइमा समेत जेहेन्दार र मेघावी छात्रमा रुपमा रहेका योगेन्द्र कक्षागत तथा अन्य अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै क्रियाशिल रहने गरेको अध्यापनरत शिक्षकहरुको भनाइ छ । आफ्नो कार्यगत दक्षतालाई निर्खादै चन्द नेपाल विद्यार्थी संघ लगायत विभिन्न सामाजिक संघसंस्थामा समेत सक्रिय रहेका छन् ।

सुदुर पश्चिमाञ्चल क्याम्पस धनगढ़ीको प्रतिनिधित्व गर्ने योगेन्द्र विद्यार्थीहरुवीच चर्चित र प्रिय रहेको अध्ययनरत विद्यार्थीहरु बताउँछन् । निरन्तर विद्यार्थीहरु माझ रहने, गुनासो सुन्ने, विद्यार्थीहरुको हितको लागि आवाज बुलन्द गर्ने, विद्यार्थीहरुलाई अप्ठ्यारोमा सहयोग गर्ने र विद्यार्थी र प्रशासनको विचमा पुल सक्ने खुबी भएका योगेन्द्र प्रबल मानिएका हुन् ।

सुदूर पश्चिमाञ्चल क्याम्पस विद्यार्थी परिषदका सदस्य समेत रहेका योगेन्द्र समावेशीतापूर्ण एकतामा दृढ विश्वास राख्ने विचार बोकेका व्यक्तिका रुपमा परिचित छन् । विद्यार्थीहरुको हकहितका लागि सदैव आफूलाई अग्रपंक्तिमा उभ्याई सम्बन्धित पक्षसँग छलफल गरेर निष्कर्षमा टुंग्याउन तत्पर चन्द यही खुबीका कारण क्याम्पस प्रशासन एवम् विद्यार्थीमाझ उत्तिकै रुचाइएका पात्र हुन् ।

‘म सदैव देशलाई माया गर्ने युवा हो, सबैले देशमा यो भएन, त्यो भएन, नेताले बिगारे मात्रै भनेर देश बन्दैन, देश बनाउन सबैले आआफ्नो ठाउँबाट इमानदारीपुर्वक सहयोग गर्नुपर्छ,’ योगेन्द्रले भने, ‘अझ विशेषगरी राजनीतिमा आउनुपर्छ ताकि आउने सन्ततीले पनि देशमा यो भएन त्यो भएन,देश बर्बाद भयो भन्न नपरोस् ।’

नेतृत्वदायी क्षमता, सहयोगी स्वभाव , निष्पक्ष एवम् सदैव सत्यको पक्षमा बोल्ने जस्ता गुण भएका योगेन्द्रले यी कुरा व्यवहारमा पनि उत्तिकै अपनाउँदै आएका छन् ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...