धनगढी न्यूज

गर्मी तथा वर्षायाममा स्वस्थ रहन के गर्ने ?

Advertisement

धनगढी – गर्मी अनि वर्षायाममा स्वास्थ्य प्रति सचेत भइएन भने विभिन्न किसिमका स्वास्थ्य समस्या आउन सक्ने चिकित्सक बताउँछन् । मौसम अनुसारको दिनैकी भएन भने वर्षाको समय अलि कष्टकर हुनसक्छ ।

वर्षायाममा भोक नलाग्ने, शरीर बोझिलो तथा आलस्यमय हुने आदि समस्या हुने गर्दछन् ।

भेलसँगै बगेर आउने पानीको मुहान दूषित हुने, गर्मीमा बढी झिँगा भन्किने र खानेकुरा पनि छिटै बासी हुने हुनाले खानेकुराहरुमा विशेष ध्यान दिन चिकित्सकको सुझाव छ ।

यस्ता सडेका खानेकुराबाट भाइरस वा ब्याक्टेरिया आदि उत्पन्न हुन्छन । जसले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्छन् । त्यसकारण यस्तो मौसममा खानपिनमा विशेष ध्यान दिनुपर्ने, कस्तो खाना खादाँ स्वास्थ्यलाई कस्तो असर पर्छ भन्ने कुरामा सावधानी अपनाउनुपर्ने चिकित्सकको भनाई छ ।

गर्मी मौसममा स्वास्थ्यमा पर्न सक्ने मुख्य समस्याहरु यस्ता छन्ः


  • घामले शरीर पोलेर कालो बनाउने
  • धेरै पसिना आउने
  • गर्मी अति नै हुँदा ‘हाइपरथर्मिया’ बिमारी हुनसक्ने
  • वाकवाकी लाग्ने
  • टाउको दुख्ने
  • रिँगटा लाग्ने
  • आँखा पाक्ने वा हेर्न कठिनाइ हुने
  • बेहोस हुने
  • नाथ्री फुटेर नाकबाट रगत आउने
  • घाउ खटिरा तथा घमौरा निस्कने
  • ज्वरो आउने
  • छालालाई तापक्रम सन्तुलित बनाउन समस्या हुँदा निकै रातो हुने
  • डिहाइड्रेसन्
  • झाडाबान्ता, हैजा आदि समस्या हुने
  • पाखुरा र खुट्टाका मांसपेशी दुख्ने वा शिथिल हुने

गर्मीयाममा स्वस्थ्य रहन के गर्ने ?


राति सुत्दा लामखुट्टे, उडुस, उपियाँ, भुसुना आदिले टोकेमा निद्रा नपुग्ने हुनसक्छ । यसका साथै मलेरिया, ईन्सेफ्लाईटिस जस्ता रोग पनि लाग्न सक्ने भएकोले यसबाट बच्न झुल लगाएर सुत्नु सबैभन्दा उत्तम उपाय हो । तर कसैकसैलाई झुल लगाउन अप्ठ्यारो लाग्न सक्छ ।

त्यसैले झ्यालढोकामा जाली राखेर वा लामखुट्टे आदि तह लगाएर बस्न सकिन्छ । यसका लागि घर वरिपरि हरियाली बनाउनुका साथै पानीका खाल्टा, फोहोर, गाईबस्तुको गोबर र कीरा फट्याङ्ग्रा उत्पन्न हुने स्रोत सफा गरेर चुना छरेमा लामखुट्टेजस्ता किराबाट बच्न सकिन्छ ।

यसका साथै गर्मीयाममा हलुका खुकुलो लुगा लगाउने, घामबाट आँखाको सुरक्षाका लागी सनग्लासको प्रयोग गर्ने, छालाको सुरक्षाको लागी सनइस्क्रिन क्रिमको प्रयोग गर्न सकिन्छ । साथै घाममा छाता ओडेर हिँड्ने, हाते पंखा चलाउने, सकेसम्म पिउने पानी आफैसँग बोकेर हिँड्ने जस्ता उपायहरु अपनाउन सकिन्छ ।

गर्मी भए पनि बिहान सबेरै उठेर व्यायाम गर्ने, पैदल हिँड््ने जस्ता गतिविधि गरेमा शरीर फुर्तिलो हुन्छ ।

यो मौसममा जीवनशैली व्यवस्थित गर्न सकियो भने युरिक एसिड र कोलेस्टोरल उच्च भएको साथै मधुमेहको बिमारीबाट राहत पाउन सकिन्छ । एकैपटक धेरै नखाने तर थोरैथोरै खाइरहने, पानी प्रशस्त पिउने, बरफयुक्त र गुलियो पेयले छिटो तिर्खा लगाउने हुनाले अति चिसो र अति गुलियो नखानु नै बेस हुन्छ ।

वर्षाको मौसममा खानपिनमा विशेष ध्यान दिनुपर्छ, यसो गर्दा गर्मीको मौसममा शारीरिक समस्या वा जटिलताबाट राहत मिल्छ ।

गर्मी भनेर गुणस्तरहीन बरफ, दूषित पानी, सडकमा जथाभावी बेचिएका फलफूल आदि खानु बिमारी हुने खतरा बढाउनु हो । चिल्लो, भुटेको वा तारेको, सुख्खा खानेकुरा यो मौसममा र अरुबेला सकेसम्म नखानु सबैभन्दा राम्रो हुन्छ ।

के कस्ता खाना गर्मीका लागी उपयुक्त ?


खरबुजा, काँक्रो वा खिरा, ‘बेरी’ प्रजातिका फल, मेवा, उखु वा नरिवलको रस, गर्मीका उत्तम फल मानिन्छन । नरिवलको पानीलाई प्राकृतिक इर्नजी डिङ«का रूपमा लिइन्छ ।

पोटासियमको मात्रा उच्च भएकाले उच्चरक्तचाप र मुटुका लागि पनि नरिवल–पानी उपयोगी मानिएको छ । नरिवलको पानीमा केरामा भन्दा बढी पोटासियमको मात्रा भएको हुदाँ स्वास्थ्यका लागी लाभदायक मानिन्छ ।

गर्मी याममा नरिवलको पानी पिउनाले डिहाइड्रेसको समस्या नहुने , कलेजो, मिर्गौला पाचनप्रणाली र उच्च रक्तचाप, मधुमेहमा पनि उत्तम मानिन्छ ।

दही, मोही वा लस्सी, ताजा कागतीको रस मिसाएको पानी , बेलको सर्बत आदि पनि उत्तिकै उपयोगी छन् । त्यस्तै टमाटर, प्याज, मूला, काँक्रो, गाजर मिलाइएको सलाद, झोलयुक्त रसदार खानेकुराहरू पनि खाने बानी बसाल्नुपर्छ ।

ताजा पुदिनाको चटनी, सुखा पापड, अदुवा, लसुन, हरियो खुर्सानी ‘गर्मी काट्ने’ राम्रा खाद्यपदार्थ हुन । पानी उमालेर पिउने गर्दा पनि गर्मीयामका ८० प्रतिशत सम्भावित रोगबाट बच्न सकिन्छ ।

यो मौसममा झाडाबान्ता, आउँ, जन्डिस हेपाटाइटिस, टाइफाइड, जुका, मलेरिया फैलिने हुनाले यी सबै बिमारीको आधारभूत रोकथामका लागि उमालेर सेलाएको पानी अत्यन्त आवश्यक रहने चिकित्सकको सुझाव छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

झडप अपडेट : शिक्षक, प्रहरी र पत्रकार गरी ४२ जना घाइते

झडप अपडेट : शिक्षक, प्रहरी र पत्रकार गरी ४२ जना घाइते

काठमाडौँ : काठमाडौँको नयाँ बानेश्वरमा भएको झडपमा शिक्षक, प्रहरी र पत्रकार गरी ४२ जना घाइते भएका छन्।   बिजुलीबजार-न...
काँग्रेस सुदूरपश्चिमका महामन्त्री शाह सवार गाडी भारतमा दुर्घटना

काँग्रेस सुदूरपश्चिमका महामन्त्री शाह सवार गाडी भारतमा दुर्घटना

धनगढी: नेपाली काँग्रेस, सुदूर पश्चिमका महामन्त्री नरनारायण शाह (मनु) सवार गाडी भारतमा दुर्घटना भएको छ। भारतको खिरी जिल्लाको...
महाभूकम्पको १० वर्षमा यस्तो बन्यो काठमाडौं दरबार क्षेत्र

महाभूकम्पको १० वर्षमा यस्तो बन्यो काठमाडौं दरबार क्षेत्र

काठमाडौं : २०७२ साल वैशाख १२ गतेको भूकम्पमा निजी आवास, सरकारी कार्यालय, विद्यालय भवनका साथै थुप्रै पुरातात्विक सम्पदा क्षतिग्रस्त ...
औलोको जोखिममा कञ्चनपुर

औलोको जोखिममा कञ्चनपुर

भारतसँगको खुला सीमानाकाका कारण कञ्चनपुरमा औलोको जोखिमा छ। छिमेकी मुलुक भारतमा औलोको सङ्क्रमण भएर नेपाल आउने बिरामीका कारण कञ्चनपुर...
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×