धनगढी न्यूज

‘उज्यालो धनगढी’ : धनगढी–स्याउले सडकका पोलहरूमा बत्ती जडान सुरु

Advertisement

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाले बत्ती जडानको काम फेरि थालेको छ।

धनगढी–स्याउले सडकका पोलहरूमा बत्ती जडानको काम सुरु भएको हो। ‘उज्यालो धनगढी’ अभियान अन्तर्गत हाल नौ सय ५४ वटा बत्तीहरू विभिन्न सडकका पोलहरूमा जडान गरिने भएको छ।

धनगढी–दीपायल द्रुतमार्ग, हुलाकी राजमार्ग, राजपुल–भन्सार रिङ्ग रोड, क्याम्पस चोक–जाखोरताल सडक, बेहडाबाबा मन्दिर जाने सडकको पथरी क्षेत्रका विद्युतक पोलहरूमा बत्ती जडान गरिदै छ। धनगढी उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’ अभियान अन्तर्गत काम जारी रहेको बताएको छ। क्रमिक रूपमा ‘उज्यालो धनगढी’ अभियान जारी रहने उपमहानगरपालिकाले बताएको हो। धनगढी उपमहानगरपालिका क्षेत्रका सडकहरूमा उज्यालोका लागि बत्ती जडानको काम क्रमिक रूपमा अगाडी बढ्ने बताइएको छ।

धनगढी उपमहानगरपालिकाले जनघनत्व तथा भिडभाड हुने क्षेत्रमा एक सय २० वाट क्षमताका बत्ती जडान गर्दै छ। तर, जनघनत्व काम भएको क्षेत्रमा ५० वाट क्षमताका बत्तिसमेत जडान गरिने छ। धनगढी उपमहानगरपालिकाले ४४ लाख बढीको लागतमा ठेक्का मार्फत बत्ती जडानको काम थालेको हो।

धनगढी उपमहानगरपालिकाले अत्तरिया–धनगढी ६ लेन सडक, धनगढीको चौराहदेखि कैलाली पुलसम्मको मुख्य सडकसहित सहरी विकासले निर्माण गरेका सात वटा सडकहरूमा समेत विद्युतीकरणको काम गरेको थियो। धनगढीका मुख्य–मुख्य बजार तथा चोकहरूमा हाइमास्क लाइटहरू पनि जडान गरिएका छन्। विद्युतीकरण तथा ‘उज्यालो धनगढी’ अभियान निरन्तर अगाडी बढ्ने धनगढी उपमहानगरपालिकाले बताएको छ।दिनेश खबर बाट साभार

प्रतिक्रिया

छुटाउनुभयो कि ?

सहिद दशरथ चन्द स्वास्थ बिज्ञान बिश्वबिद्धालयको बिधेयक प्रतिनिधि सभाबाट पारित

सहिद दशरथ चन्द स्वास्थ बिज्ञान बिश्वबिद्धालयको बिधेयक प्रतिनिधि सभाबाट पारित

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । शिक्षामन्त्री रघुजी पन्तले सदनमा सहीद ...
सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा तालाबन्दी,कर्मचारी पुनः आन्दोलित

सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा तालाबन्दी,कर्मचारी पुनः आन्दोलित

स्थानीय सेवा ऐन जारी गर्नुपर्ने माग गर्दै सुदूरपश्चिम प्रदेशका स्थानीय तहका कर्मचारी आन्दोलित भएका छन् । स्थानीय सेवा गठन तथा ...
नयाँ कार्यसमिति चयन गर्दै इष्टु कैलालीको सातौँ जिल्ला अधिवेशन सम्पन्न

नयाँ कार्यसमिति चयन गर्दै इष्टु कैलालीको सातौँ जिल्ला अधिवेशन सम्पन्न

संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) कैलालीको जिल्ला कार्य समिति चयन भएको छ । आज आयोजित सातौँ जिल्ला अधिवेशनबाट शिक्षक इन्द्रमण...
एसपीए कलेजको ‘ब्रान्ड एम्बेसडरमा क्रिकेटर कविता कुँवर नियुक्त

एसपीए कलेजको ‘ब्रान्ड एम्बेसडरमा क्रिकेटर कविता कुँवर नियुक्त

सुदूर पश्चिमाञ्चल  कलेजले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी अलराउन्डर कविता कुँवरलाई आफ्नो  ‘ब्रान्ड एम्बेसडर’मा नियुक्त ग...
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×