Skip to main content

धनगढी न्यूज

‘उज्यालो धनगढी’ : धनगढी–स्याउले सडकका पोलहरूमा बत्ती जडान सुरु

Advertisement

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाले बत्ती जडानको काम फेरि थालेको छ।

धनगढी–स्याउले सडकका पोलहरूमा बत्ती जडानको काम सुरु भएको हो। ‘उज्यालो धनगढी’ अभियान अन्तर्गत हाल नौ सय ५४ वटा बत्तीहरू विभिन्न सडकका पोलहरूमा जडान गरिने भएको छ।

धनगढी–दीपायल द्रुतमार्ग, हुलाकी राजमार्ग, राजपुल–भन्सार रिङ्ग रोड, क्याम्पस चोक–जाखोरताल सडक, बेहडाबाबा मन्दिर जाने सडकको पथरी क्षेत्रका विद्युतक पोलहरूमा बत्ती जडान गरिदै छ। धनगढी उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’ अभियान अन्तर्गत काम जारी रहेको बताएको छ। क्रमिक रूपमा ‘उज्यालो धनगढी’ अभियान जारी रहने उपमहानगरपालिकाले बताएको हो। धनगढी उपमहानगरपालिका क्षेत्रका सडकहरूमा उज्यालोका लागि बत्ती जडानको काम क्रमिक रूपमा अगाडी बढ्ने बताइएको छ।

धनगढी उपमहानगरपालिकाले जनघनत्व तथा भिडभाड हुने क्षेत्रमा एक सय २० वाट क्षमताका बत्ती जडान गर्दै छ। तर, जनघनत्व काम भएको क्षेत्रमा ५० वाट क्षमताका बत्तिसमेत जडान गरिने छ। धनगढी उपमहानगरपालिकाले ४४ लाख बढीको लागतमा ठेक्का मार्फत बत्ती जडानको काम थालेको हो।

धनगढी उपमहानगरपालिकाले अत्तरिया–धनगढी ६ लेन सडक, धनगढीको चौराहदेखि कैलाली पुलसम्मको मुख्य सडकसहित सहरी विकासले निर्माण गरेका सात वटा सडकहरूमा समेत विद्युतीकरणको काम गरेको थियो। धनगढीका मुख्य–मुख्य बजार तथा चोकहरूमा हाइमास्क लाइटहरू पनि जडान गरिएका छन्। विद्युतीकरण तथा ‘उज्यालो धनगढी’ अभियान निरन्तर अगाडी बढ्ने धनगढी उपमहानगरपालिकाले बताएको छ।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...