धनगढी न्यूज

सुदूरपश्चिम विश्वविद्यालयका भवनकाे चार करोड १२ लाख भुक्तानी दिन बाँकी

Advertisement

धनगढी: सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनसहितको भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायी आन्दोलित भएका छन्।

निर्माण व्यवसायी, संघ कञ्चनपुरले सुदूरपश्चिम विश्वविद्यालयविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो। विश्वविद्यालयले निर्माण व्यवसायीको चार करोड १२ लाख भुक्तानी नदिएको भन्दै उनीहरूले तालाबन्दीको चेतावनी दिएका छन्।

निर्माण व्यवसायी संघको कार्यालयमा आइतवार पत्रकार सम्मेलन गर्दै संघले सात दिनको अल्टिमेटम दिएका छन्। विश्वविद्यालयको केन्द्रीय कार्यालयसहित बाँकी कार्यालयहरूमा तालाबन्दी गर्ने चेतावनी निर्माण व्यवसायीहरूको छ।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर हेमराज पन्तले नयाँ रजिस्ट्रार नियुक्त भएपछि छिटो भुक्तानी दिने आश्वासन दिएकाले सात दिनपछि तालाबन्दी गरिने संघका अध्यक्ष निरञ्जन प्रसाद भट्टले बताए। विश्वविद्यालयसँग भुक्तानीका लागि पटक–पटक आग्रह गर्दै आएको भएपनि आलटाल गरिएको गुनासो निर्माण व्यवसायीहरूको छ। विश्वविद्यालयले मार्कामा पार्ने काम गरेको अध्यक्ष भट्टले बताए।

विश्वविद्यालयको केन्द्रीय कार्यालय भवन, व्यवस्थापन संकाय र इन्जिनियरिङ संकाय भवन निर्माणको भुक्तानी दिन बाँकी छ। विश्वविद्यालयले इन्जिनियरिङ संकाय एमके बिल्डर्सलाई एक करोड २० लाख, केन्द्रीय कार्यालय भवन निर्माणको कुमार अमृत जेभीलाइ एक करोड ४५ लाख र व्यवस्थापन संकाय भवन निर्माण प्रशंसा कन्स्ट्रक्सनलाई एक करोड ४७ लाख भुक्तानी दिन बाँकी छ।

उनीहरूले व्यवसायीलाई चौतर्फी मारमा पार्ने कार्य हुँदै आएको भन्दै चिन्ता व्यक्त गरेका छन्। संघले यस अघि गत साउनमा भुक्तानी नपाएपछि केही सरकारी कार्यालयमा तालाबन्दी गरेको थियो।दिनेश खबर बाट साभार

प्रतिक्रिया

छुटाउनुभयो कि ?

सहिद दशरथ चन्द स्वास्थ बिज्ञान बिश्वबिद्धालयको बिधेयक प्रतिनिधि सभाबाट पारित

सहिद दशरथ चन्द स्वास्थ बिज्ञान बिश्वबिद्धालयको बिधेयक प्रतिनिधि सभाबाट पारित

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । शिक्षामन्त्री रघुजी पन्तले सदनमा सहीद ...
सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा तालाबन्दी,कर्मचारी पुनः आन्दोलित

सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा तालाबन्दी,कर्मचारी पुनः आन्दोलित

स्थानीय सेवा ऐन जारी गर्नुपर्ने माग गर्दै सुदूरपश्चिम प्रदेशका स्थानीय तहका कर्मचारी आन्दोलित भएका छन् । स्थानीय सेवा गठन तथा ...
नयाँ कार्यसमिति चयन गर्दै इष्टु कैलालीको सातौँ जिल्ला अधिवेशन सम्पन्न

नयाँ कार्यसमिति चयन गर्दै इष्टु कैलालीको सातौँ जिल्ला अधिवेशन सम्पन्न

संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) कैलालीको जिल्ला कार्य समिति चयन भएको छ । आज आयोजित सातौँ जिल्ला अधिवेशनबाट शिक्षक इन्द्रमण...
एसपीए कलेजको ‘ब्रान्ड एम्बेसडरमा क्रिकेटर कविता कुँवर नियुक्त

एसपीए कलेजको ‘ब्रान्ड एम्बेसडरमा क्रिकेटर कविता कुँवर नियुक्त

सुदूर पश्चिमाञ्चल  कलेजले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी अलराउन्डर कविता कुँवरलाई आफ्नो  ‘ब्रान्ड एम्बेसडर’मा नियुक्त ग...
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×