Skip to main content

धनगढी न्यूज

प्राज्ञिक विद्यार्थी परिषदद्धारा वत्तृत्वकला प्रतियोगिता आयोजना

Advertisement

प्राज्ञिक विद्यार्थी परिषद , धनगढी नगर एकाइ समितिद्धारा आज एक कार्यक्रमवीच वत्तिृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ । प्राज्ञिक विद्यार्थी परिषदको ३१औँ स्थापना दिवसकोे अवसरमा पारेर उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

विद्यार्थीमा अन्तरनिहित प्रस्तुति प्रष्फुटन गर्ने उद्देश्यले अहिलेको जल्दोबल्दो प्रविधि कृत्रिम बौद्धिकता (AI) को शिक्षा क्षेत्रमा परेको प्रभाव विषयक वत्तृत्व प्रतियोगिता आयोजना गरिएको प्राज्ञिक विद्यार्थी परिषद , धनगढी नगर सचिव गीता जोशीले बताइन् । सुदूर पश्चिमाञ्चल क्याम्पसको सभाहलमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि सुदूर पश्चिमाञ्चल क्याम्पसमा क्याम्पस प्रमुख योगराज गौतम रहेका थिए ।

उनले यस्ता प्राज्ञिक खालका प्रतियोगिताले विद्यार्थीमा नवप्रर्वतन तथा सचेतना समेत वृद्धि गर्ने जनाए । प्रतियोगितामा सुदूर पश्चिमाञ्चलका बिए, बिएड , तथा एम्एड संयोजक डा. देवेन्द्र प्रसाद भट्ट , बिआईएम प्राध्यापक पुष्प राज ओझा तथा प्राज्ञिक विद्यार्थी परिषद , नेपालका केन्द्रीय सदस्य लवदेव धामीको तीन सदस्यीय निर्णायक मण्डलले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

प्रतियोगितामा निर्मला दाहालले प्रथम , यशोदा जोशीले द्धितिय , पूजा नागरीले तृतिय तथा किरण ऐरले सान्त्वना स्थान हासिल गरेका छन् ।

विजेतालाई बधाई ज्ञापन गर्दै निणार्यक मण्डलका डा. देवेन्द्र प्रसाद भट्टले राजनैतिक संलग्नताबाट अलग रहेको प्राज्ञिक विद्यार्थी परिषदले गर्ने प्राज्ञिक कार्यहरुमध्ये आजको कार्यक्रमले विद्यार्थीमा थप उत्साह सिर्जना गरेको विचार व्यक्त गर्दै विजेतालाई बधाई प्रदान गरे । कार्यक्रम प्राज्ञिक विद्यार्थी परिषद् , नेपाल, , कैलाली जिल्ला छात्रा प्रमुख सुनिता भट्टले सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...