Skip to main content

धनगढी न्यूज

इष्टुको जिल्ला अधिवेशन यही वैशाख २७ गते धनगढीमा हुँदै

Advertisement

 

संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) कैलालीको जिल्ला अधिवेशन यही वैशाख २७ गते शनिबारका दिन हुने भएको छ। अधिवेशनको आयोजना जिल्ला कार्य समिति इष्टु परिवारद्वारा गरिएको हो।

संघका अनुसार कार्यक्रम बिहान ११ः३० बजेबाट आस्था होटल, धनगढी (वडा प्रहरी कार्यालय नजिक)मा सुरु हुनेछ। कार्यक्रममा सहभागी भई उपस्थित जनाएर कार्यक्रमलाई भव्य र सभ्य बनाउन युनियनले सबै सरोकारवालाहरुलाई हार्दिक निमन्त्रण समेत गरेको छ ।

‘संस्थानगत विकास, मर्यादित पेशा, गुणस्तरीय शिक्षा इष्टुको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सञ्चालित इष्टुले जिल्ला अधिवेशन आयोजना गर्न लागेको हो।

कार्यक्रममा जिल्लाभरका संस्थागत विद्यालय शिक्षक कर्मचारीहरुको सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रममा विभिन्न विद्यालयहरू तथा शैक्षिक संस्थाहरूले सहकार्य गरेका छन् भने विभिन्न विधामा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्ने समेत इष्टुले जनाएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...