Skip to main content

धनगढी न्यूज

एसपिए कलेजको उत्कृष्ट नतिजा , टेरेसा बनिन् सुदूरपश्चिम प्रदेश टपर

Advertisement

त्रिभुवन विश्वविद्यालयले हालै सार्वजनिक गरेको बिबिएस संकाय दोस्रो वर्षको नतिजामा एसपिए कलेज , धनगढीमा अध्ययनरत छात्रा टेरेसा जोराले सुदूरपश्चिम प्रदेश टप गरेकी छिन् । उनले प्रदेशभरमै सर्वाधिक ७५% अंक प्राप्त गरेकी हुन् ।

टपर टेरेसा जोरा सोही क्याम्पसका प्राध्यापक दल बहादुर जोराकी छोरी समेत हुन् । क्याम्पसका साथसाथै घरमा समेत छोरीलाई नितान्त शैक्षिक वातावरण प्रदान गरिएको उनका बुवाले बताउनुभयो । यसैवीच आज एक कार्यक्रमको आयोजना गर्दै क्याम्पसले निजलाई सम्मान एवम् अभिनन्दन समेत गरेको छ ।

उक्त सम्मान कार्यक्रममा बोल्दै टेरेसाले आफ्नो यस सफलताको श्रेय आफ्नो घरपरिवारको हौसला , क्याम्पसको अनुकुल शैक्षिक गतिविधि , आफ्नो लगनशीलता तथा शिक्षा प्रतिको सर्मपण रहेको बताइन् । टेरेसालाई गरिएको यस सम्मानले उनको मनोबल अझै बढ्ने तथा अन्य अध्ययनरत विद्यार्थीहरुलाई समेत हौसला पुग्ने क्याम्पसले जनाएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...