Skip to main content

धनगढी न्यूज

राष्ट्रिय माध्यमिक विद्यालय सुखडको भवन निर्माणमा लापर्बाही, ढलान भत्काइयो

Advertisement

कैलाली : सुदूरपश्चिम प्रदेशकै गौरवको योजना निर्माणमा ठेकेदारले चरम लापर्बाही गरेको जनाइएको छ।

कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडको राष्ट्रिय माध्यमिक विद्यालयमा बन्दै गरेको विशेष विद्यालयको भौतिक संरचना निर्माणमा सम्झौता बमोजिम सिमेन्टको प्रयोग नभएपछि ढलान गरिएको बिम भत्काइएको हो।कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडको राष्ट्रिय माध्यमिक विद्यालयमा बन्दै गरेको विशेष विद्यालयको भौतिक संरचना निर्माणमा सम्झौता बमोजिम सिमेन्टको प्रयोग नभएपछि ढलान गरिएको बिम भत्काइएको हो।

घोडाघोडी नगरपालिकाका नगर प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष घनश्याम ओझाले ओपीसिको ठाउँमा पिपीसि सिमेन्ट प्रयोग भएको जानकारी पाउनासाथ अनुगमनमा गई निर्माणमा खटिएका लेबर मिस्त्री द्धारानै ढलान भत्काएको बताए। ढलानमा ओपीसि सिमेन्ट प्रयोग गर्न ठेकेदारलाई निर्देशन दिएको उनले बताए।सङ्घीय सरकारको अनुदान सहयोगमा निर्माण हुँदै गरेको उक्त विद्यालय २०७७ सालमा बजेट आए पनि जग्गा विवादका कारण निर्माणमा ढिलाइ भएको थियो। राष्ट्रिय माध्यमिक विद्यालयले व्यापारीलाई भाडामा दिएको जग्गा खाली गरेपछि वैशाखबाट निर्माण सुरु भएको हो।

फरक क्षमता भएका विद्यार्थीहरुका लागि आवासीय नमुना विशेष विद्यालयको निर्माण लागत २ करोड १६ लाख रुपैयाँ रहेकोे छ। विद्यालयको नाममा स्रेस्ता कायम रहेको ८ कट्ठा क्षेत्रफलको कित्ता नं ९७ मा बन्दै गरेको भवन आगामी २०८३ सालको असार महिनासम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...