Skip to main content

धनगढी न्यूज

कैलालीको टीकापुर नगरपालिकामा तालाबन्दी

Advertisement

टीकापुर : कैलालीको टीकापुर नगरपालिकामा तालबन्दी गरिएको छ।

टीकापुर नगरपालिदका–१ का विभिन्न शिविरमा रहेका भूमिहीन सुकुम्वासीहरूले तालाबन्दी गरेका हुन्।

टीकापुर बहुमुखी क्याम्पस र वीरेन्द्र विद्या मन्दिर माविको जग्गामा बसिरहेका भूमिहीन सुकुम्वासीले जग्गा नापजाँचको माग गर्दै प्रदर्शन गरेका छन्। विहीवार दिनभर नगरपालिका कार्यालयमा धर्ना दिएका उनीहरूले साँझपख कार्यालयमा तालाबन्दी गरेका हुन्।

तालाबन्दी गर्ने क्रममा मूल ढोकाको छेउमा लगाएको ठूलो सीसा फुटाएका छन् भने सीसा फुटदा नगर प्रहरी रिमा साउँदको हात काटिएको छ।

नगर प्रमुख रामलाल डगौरा थारुले कानुनअनुसार पाउनु पर्नेले जग्गा पाउने तर तत्काल दिन नसकिने बताएका छन। जग्गा अतिक्रमण गरी बसे पनि नगरपालिकाले हटाउन नसक्ने हटाउनु परे सङ्घीय सरकारबाट मात्रै हुने उनले बताए। नगर प्रमुखको उक्त भनाइलाई विषय बनाउदै निर्वाचन ताका भोट लिने तर जग्गा दिन असहयोग गर्न लागेको आरोप लगाउँदै भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबास एकता समाज नगर समन्वय समिति टीकापुरका अध्यक्ष पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गर्दै विरोध गरेबम तिए।

पार्टी कामको सिलसिलमा काठमाडौंमा रहेका नगर प्रमुखको सचिवालयले नगरपालिका सुकुम्वासी समस्या समाधान गर्न सदैव लागिरहेको र भूमि आयोगले काम गरिरहेकाले तत्काल प्रदर्शन रोक्न र संवादमा आउन आह्वान गरे पनि सुकुम्वासीहरुले प्रदर्शन जारी राखेका छन्। नगर प्रहरी प्रमुख पहलबहादुर शाहले सयौको सङ्ख्यामा आएका सुकुम्वासीले कार्यालय छिर्ने चार वटै ढोकामा ताला लगाएर धर्ना दिएको र अन्तिममा मूल ढोकामा ताला लगाइ सीसा फुटाएर गएको बताए।

टीकापुर नगरपालिकाको तथ्यांकअनुसार वडा १ मा मात्रै एक हजार ११७ भूमिहीन दलित, एक हजार ५२८ सुकुम्वासी र दुई हजार ४८० गरी पाँच हजार १२५ जनाले भूमि आयोगमा निवेदन दिएका छन्। टीकापुरको एकतानगर, विशालनगर, शिवनगर, गणेशपुर, चमेलीपुर, एकतापुर, शक्तिनगर, भूपु कर्मचारी, भूपु कमैया नामका शिविर खडा गरेर बसेका छन्।दिनेश खबर बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...