Skip to main content

धनगढी न्यूज

कैलालीमा झोलुङ्गे पुलले डुङ्गा विस्थापित

Advertisement

बर्सौंदेखि डुङ्गा तरेर ओहोरदोहोर गर्दै आएका कैलालीको कैलारी गाउँपालिका-३ स्थित मोहनपुरवासीको अब त्यो बाध्यता हटेको छ

धनगढी। बर्सौंदेखि डुङ्गा तरेर ओहोरदोहोर गर्दै आएका कैलालीको कैलारी गाउँपालिका-३ स्थित मोहनपुरवासीको अब त्यो बाध्यता हटेको छ । मोहना र घुरहा नदीको सङ्गमनजिक झोलुङ्गे पुल बनेपछि मोहनपुरवासीले जोखिम मोलेर डुङ्गामार्फत ओहोरदोहोर गर्नुपर्ने बाध्यता हटेको हो । मोहना नदीपारि रहेको सो गाउँका स्थानीयले नदी वारपार गर्न डुङ्गा प्रयोग गर्दै आएका थिए ।

नदी वारपार गर्न ठुलो कष्ट भोग्दै आएका ती गाउँवासीको पुलमा हिँड्ने सपना पूरा भएको गाउँका भलमनसा शीतलदास चौधरीले बताए । पुल नबनेसम्म सबैभन्दा बढी दुःख विद्यार्थी, बिरामी, गर्भवतीले भोग्दै आएका थिए । बर्खामा बाढी आएपछि डुङ्गा चलाउन नसकेका कारण गाउँका एक गर्भवतीको सुत्केरी हुन नसकेर ज्यान गएको भलमनसा चौधरीको भनाइ छ ।

“नदीमा बाढी आएपछि डुङ्गा चलेन,” उहाँले थप्नुभयो, “२०७४ सालमा सुत्केरी बेथाले छटपटाएकी पार्वतीदेवी चौधरीलाई पारि स्वास्थ्य संस्थासम्म पु¥याउन नसक्दा सुत्केरी हुन नसकेर उनको ज्यान गयो ।”

९५ घरधुरी रहेको सो गाउँबाट आधारभूत तह र माध्यमिक तह अध्ययनका लागि विद्यार्थीहरू ‘के’ गाउँ र हसुलियामा रहेका विद्यालयमा आउने गरेका छन् । धनगढी खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...