
नेक्सु थिंकल्याबवद्धारा आफूले निर्माण तथा डिजाइन गरेका स्टिमका सामग्रीहरु विभिन्न विद्यालयमा प्रयोग हुन थालेका छन् । यस क्षेत्रका साझेदार विद्यालयका विद्यार्थीहरुलाई परम्परागत कक्षाकोठाबाट सिर्जनशील , अन्वेषण तथा आयमूलक क्षेत्रमा लगाउने उद्देश्यले यो कार्य सुरु गरिएको हो ।
गत केहि हप्तादेखि नै नेक्सु थिंकल्याबका स्टिम सामग्रीहरु किड्स जोन , ज्ञान ज्योति , सत्यवती तथा एभरेष्ट एकेडेमीमा पुगिसकेको नेक्सु थिंकल्याबका सञ्चालकले जनाए । यी सबै निर्माण सामग्रीहरु पाठ्यक्रम विकास केन्द्रले प्रविष्ट गरेको विद्यालय तहको पाठ्यक्रममा आधारित रही विद्यार्थीलाई प्रयोगात्मक तथा परियोजनामा आधारित सिकाईतर्फ उन्मुख रहेको जनाइएको छ ।

नेक्सु थिंकल्याब स्टिम कार्यक्रम अन्तर्गत २० भन्दा धेरै कक्षा ३ देखि ८ सम्मका लागि निर्मित परियोजनाहरु , सिक्दै कमाउँदै अन्तर्गत नवप्रवर्तनका परियोजनाहरु , शिक्षकलाई तालिम , प्रयोग निर्देशन तथा नियमित अनुगमन आदि सुविधा रहेका छन् ।

आफूहरुले सिकाइलाई किताबी सिमित ज्ञानभन्दा पर देख्न चाहेको तथा यहाँबाट निर्मित स्टीम सामग्रीले विद्यार्थीलाई प्रश्न गर्न , प्रयोगात्मक कार्यमा लाग्न तथा सिर्जनशील बन्न सहयोग गर्ने नेक्सु थिंकल्याबका प्रमुख जैनुल अल जफर सिद्धिकीले बताए ।

सामग्रीको उपलब्धताका अलावा थिंकल्याबलले एभरेष्ट एकेडेमी तथा अन्य विद्यालयमा भौतिक रुपमै शिक्षक तालिम पनि सञ्चालन गरिसकेको छ । यसको अलावा ल्याबले साझेदार विद्यालयको सामाजिक सञ्जाल सामग्री निर्माण तथा बजारीकरण , समुदायमा आधारित स्टीम परियोजनाहरु तथा विद्यार्थीको प्रदर्शनीमा सहजीकरण गर्ने बताएको छ ।
आगामी केही महिनामा यस क्षेत्रका अन्य विद्यालयमा यो कार्यक्रम लागु गर्ने लक्ष्य नेक्सु थिंकल्याबलले जनाएको छ ।
केही जानकारीका लागि नेक्सु थिंकल्याबलले सम्पर्कका लागि ९७४६३२५९५९ तथा ईमेल nexuthinklab@gmail.com रहेको जनाएको छ ।









