
धनगढीस्थित एसपीए कलेजले एसियाली फूटबल महासंघका कार्यकारी सदस्य तथा अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज बिक्रम नेम्वाङलाई सम्मान गरेको छ । नेपाली फुटबलको विकासमा नेम्वाङले पु¥याउनुभएको अतुलनीय योगदानको कदर गर्दै, कैलाली भ्रमणको अवसरमा S.P.A Honour द्धारा सम्मान गरिएको क्याम्पसले जनाएको छ ।
FIFA Football for Schools कार्यक्रमको उद्घाटनका लागि कैलाली आएको अवसरमा एसपीए कलेजको सभाहलमा अखिल नेपाल फुटबल संघ कार्यसमिति एवम् सुदूर पश्चिम तथा कैलाली जिल्ला फुटबल संघका अध्यक्ष सहित कार्यसमिति सदस्यहरुको उपस्थितिमा उक्त सम्मान समारोह सम्पन्न भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य दिनुहुँदै क्याम्पसका क्याम्पस प्रमुख बुधराम चौधरीले देशकै फुटबल क्षेत्रलाई नेतृत्व गर्ने राष्टिय टिमलाई क्याम्पसमा स्वागत गर्न पाउनु गौरवको विषय रहेको बताउनु भयो ।

आफूलाई सम्मानित गरिएकोमा आभार व्यक्त गर्दै अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज बिक्रम नेम्वाङले एसपिए कलेज तथा सुवास शाहीले खेलप्रति गरेको योगदान अनुकरणिय रहेको तथा एसपिए कलेज र खेलकुद पर्याय जस्तै रहेको बताउनु भयो ।
कार्यक्रम सुदूर पश्चिमाञ्चल क्याम्पसका प्रबन्ध निर्देशक सुवास शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो भने उक्त कार्यक्रम सोही क्याम्पसका क्रिएटिभ डाइरेक्टर तारा रोश्याराले सञ्चालन गरेका थिए ।






