Skip to main content

धनगढी न्यूज

“धनगढीमा अधिकांश शिक्षा कन्सल्टेन्सी अनुमति विना सञ्चालन”

Advertisement

पछिल्लो समय विद्यार्थी भिसामा विदेश पठाउने र भाषा शिक्षणको नाममा धनगढीमा शिक्षा कन्सल्टेन्सीहरू चापैमा खुलेका छन्

धनगढी । पछिल्लो समय विद्यार्थी भिसामा विदेश पठाउने र भाषा शिक्षणको नाममा धनगढीमा शिक्षा कन्सल्टेन्सीहरू चापैमा खुलेका छन्। तर, अधिकांश कन्सल्टेन्सी आवश्यक अनुमति विना अवैध रूपमा सञ्चालन भइरहेको पाइएको छ।

यी कन्सल्टेन्सीहरूले भर्ना शुल्क, अध्ययन शुल्क, भाषा प्रमाणपत्र शुल्क जस्ता मनोमानी रकम असुल्ने, झुटा आश्वासन दिने र गलत प्रक्रियाबाट विद्यार्थी विदेश पठाउने काम गर्दै आएको आरोप छ। कतिपय विद्यार्थी विदेश पुगेर अलपत्र परेका पनि छन्।

नियमअनुसार कन्सल्टेन्सीले मूल कार्यालय दर्ता भएको जिल्लामा मात्र शाखा खोल्न पाउँछन् र योग्य काउन्सिलर तथा कानुनी कागजात अनिवार्य छन्। नियम उल्लंघन भए कारबाही हुन सक्छ।

सुदूरपश्चिम प्रदेश सरकारले शैक्षिक परामर्श सेवा तथा भाषा प्रशिक्षण निर्देशिका २०८२ जारी गर्दै अनुमति लिनुपर्ने व्यवस्था गरेको छ। हाल मन्त्रालयले २८ वटा कन्सल्टेन्सीको आवेदन पाए पनि सयभन्दा बढी कन्सल्टेन्सी सञ्चालनमा रहेको अनुमान छ।वरिष्ठ शिक्षा अधिकृत जयदेव महराका अनुसार, अनुगमनबाट योग्य ठहरिएका संस्थालाई अनुमति दिइने तयारी भइरहेको छ।धनगढी खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...