Skip to main content

धनगढी न्यूज

धनगढीका जनता भन्छन,‘बर्सौँपछि जग्गाधनी पुर्जा पाउने आशा जागेको छ’

Advertisement

धनगढी : धनगढी उपमहानगरपालिका–१३ का जागुराम चौधरीलाई आफूले अढाई दशकदेखि भोगचलन गरेको ऐलानी जग्गाको धनी पुर्जा पाउने आशा जागेको छ।

अन्दाजी दुई कट्‍ठा ऐलानी जग्गामा बसोबास गर्दै आएका उनले यसअघि पटक पटक गठन भएका सुकुम्वासी समस्या समाधान आयोगमा निवेदन दिए पनि धनीपुर्जा पाउन सकेनन्। “अढाई दशकदेखि यही बसेका छौँ, कुनै सरकारले चासो लिएन”, उनले भने, “हाल भूमि आयोग र वडा कार्यालयले धनीपुर्जा दिने प्रक्रिया अघि बढाउँदा काम हुने आशा जागेको छ।”

स्थानीय मीनबहादुर कुँवर पनि दशकौँपछि अब भने ऐलानी जग्गामा बसोबास गरेका परिवारका साथै भूमिहीनहरूले जग्गा पाउने विश्वास बढेको बताउछन। “सहरी क्षेत्रमा रहेका नगर विकास समितिले हालसम्म बजार आसपासको ऐलानी जग्गा दर्ता गर्ने भनेर आश्वासन मात्रै दिए”, उनले भने, “सहरी क्षेत्रकै ग्रामीण वडालगायत बस्तीका नागरिक पनि धनीपुर्जाबाट वञ्चित भइरहेका छन्।”

यहाँका पालिका र आयोगको संयुक्त पहलमा भूमिहीन सुकुम्वासी, भूमिहीन दलित, अव्यवस्थित बसोवासीको लगत सङ्कलन कार्य यसअघि नै भइसकेको छ। स्थानीय देवराज पण्डेय भने अझै पनि जग्गा दर्ता हुने नहुनेमा शङ्का व्यक्त गरे। उनले भने, “लालपुर्जा बने वर्षौँदेखि जग्गा दर्ता नभएर पीडित बनेकाहरूलाई ठूलो राहत महसुस हुन्थ्यो।”

ऐलानी जग्गामा वर्षौंदेखि बसोबास गरिरहेकाहरू जग्गा दर्ता हुनेमा खुसी छन्। सँगसँगै दर्ता गर्दा लिइने राजस्व रकम कसरी जुटाउने भन्ने चिन्तामा पनि छन्। लगत सङ्कलनसम्बन्धी आयोगको कार्यविधिमा बस्तीको तहगत क्षेत्र निर्धारण गर्नुपर्ने उल्लेख छ। उक्त कार्यविधिअनुसार धनगढी उपमहानगर क्षेत्रमा अधिकांश वडाका बस्तीको सहरी क्षेत्र, सहरोन्मुख क्षेत्र र ग्रामीण क्षेत्र गरी तीन तहको क्षेत्र निर्धारण भइसकेको छ।

जग्गाको सरकारी मूल्याङ्कनको आधारमा पाँचदेखि दश प्रतिशतसम्म राजस्व लिएर जग्गा दर्ता गर्न लागिएको छ। मूल्याङ्कनको पाँचदेखि दश प्रतिशतसम्म राजस्व लिएर जग्गा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष यज्ञराज उपाध्याय बताउछन्। “विपन्न परिवार नै ऐलानी जग्गामा बसोबास गर्ने भएकाले पाँचदेखि दश प्रतिशतसम्म राजस्व लिएर जग्गा दर्ता गर्नुपर्छ भन्नेमा आफूले केन्द्रमा धेरै मेहनत गर्नुप¥यो”, उनले भने, “आफूहरूको सुझावबमोजिम न्यूनतम राजस्व लिइए वर्षौँदेखि जग्गा दर्ता नभएर पीडित बनेकाहरू लाभान्वित हुने देखिन्छ।”

आयोग र स्थानीय निकायबिच भएको सम्झौताबमोजिम भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासीको लगत अधिकांश स्थानीय तहले पहिले नै सङ्कलन गरिसकेका छन्।

आयोगका अध्यक्ष उपाध्यायले जिल्लाभर यस्तो जनसङ्ख्या एक लाख ४० हजार ३५८ रहेको जानकारी दिए। यहाँ ऐलानी जग्गामा बसोबास गर्ने अव्यवस्थित बसोवासीलाई बिजुली, पानी, सडकलगायतको सेवा सुविधा भने उपलब्ध भइरहेको । त्यसबाहेक जग्गा देखाएर अन्य कारोबार गर्न भने समस्या छ।दिनेश खबर बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...