धनगढी न्यूज

धनगढीको एक वडा कार्यालयमा आगजनी दुईमा तोडफोड

धनगढीः जेन्जी आन्दोलनको क्रममा कैलालीको धनगढी उपमहानगरपालिकाको तीन वडा कार्यालयमा क्षति पुगेको छ।

आन्दोलनकारीले एक वडा कार्यालय जलाएका छन् भने दुई वडा कार्यालयमा तोडफोड गरेका हुन्। मङ्गलवार भएको प्रदर्शनमा वडा नम्बर १३ को कार्यालयमा आगजनी गरिएको छ भने वडा नम्बर ४ र ८ मा तोडफोड गरिएको छ।

प्रदर्शनकारीले वडा नम्बर १३ को भवनमा आगो लगाउँदा सम्पूर्ण फर्निचर, उपकरण र कागजात जलेर नष्ट भएका छन् भने वडा नम्बर ४ र ८ को भवनको झ्याल र ढोकामा क्षति गरिएको उपमहानगरपालिकाले जनाएको छ।दिनेश खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×