Skip to main content

धनगढी न्यूज

धनगढीको एरिष्टो माविले जिल्ला प्रशासन कार्यालय कैलालीलाई कम्युटर लगायतका अत्यावश्यक सामाग्री सहयोग गर्ने

Advertisement

२६ भाद्र,धनगढी : धनगढी उपमहानगरपालिका वडा न ८ क्याम्पस रोडमा रहेको एरिष्टो माध्यमिक विद्यालयले जिल्ला प्रशासन कार्यालय कैलालीलाई कम्युटर लगायतका अत्यावश्यक सामाग्री सहयोग गर्ने बताएको छ । यहि भाद्र २४ गते जेएनजीको आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय कैलालीका कम्युटर,फर्नीचर,कागजात लगायतका सम्पूर्ण सामाग्री जलेर नष्ट भएका थिए ।

आम नागरिकको प्रत्यक्ष सेवासँग जोडिएको जिल्ला प्रशासन कार्यालय कैलालीले सेवा सञ्चालनका लागि तयारी गर्न थालेपनि आवश्यक सामाग्री नहँदा शून्यमा झरेका बेला एरिष्टो माविले राष्ट्र सेवाका निम्ति भन्दै एक थान कम्प्युटर एक थान प्रिन्टर र एक जोडी फर्निचर उपलब्ध गराउने घोषणा सामाजिक सञ्जाल मार्फत गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको अपलि सामाजिक सञ्जालमा शेयर गर्दै एरिष्टो माविले लेखेको छ संकटको घडीमा सबै ले मिलेर देश लाइ पुनः सकुशल उद्धार गर्न जरुरी छ तसर्थ यस विद्यालयको तर्फ बाट राष्ट्र सेवा का निम्ति एक थान कम्प्युटर एक थान प्रिन्टर र एक जोडी फर्निचर उपलब्ध गराउने घोषणा गर्दछौं।

आजै मात्रै जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीद्वारा जारी अपिलमा कार्यालयमा जेएनजीको आन्दोलनका क्रममा भएको आग्जनीले कार्यालयका सम्पूर्ण सामाग्री जलेर नष्ट भएको र दैनिक सेवा प्रवाहमा समस्या हुने भन्दै आवश्यक सहयोग तथा समन्वय गरिदिनका लागि आह्वान गरिएको छ । धनगढीमा रहेको जिल्ला प्रशासन कार्यालय कैलाली सुदूरपश्चिमको सबैभन्दा बढी चाप हुने प्रशासनिक कार्यालय हो ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...