Skip to main content

धनगढी न्यूज

कैलालीको त्रिनगर–गौरीफन्टा सीमा नाकाबाट आवत–जावत खुल्ला

Advertisement

धनगढी : काठमाडौँसहित नेपालका विभिन्न सहरहरूमा जस्तै भदौ २३ र २४ गते धनगढीमा पनि प्रदर्शन भयो।जेन–जी पुस्ताको प्रदर्शनको समयमा सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहितका सरकारी कार्यालयहरू धोस्त पारिए। जेन–जी पुस्ताको प्रदर्शनपछि नेपालमा सरकार परिवर्तन भएको छ। नेपालको नयाँ प्रधानमन्त्रीमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्की नियुक्त भएसँगै सीमा क्षेत्र सहज भएको हो।

भदौ २३ गतेदेखि भारतीय सीमा सुरक्षा बल (एसएसबी)सहितका निकायहरूले सीमा क्षेत्रमा कडाइ गरेकामा आइतवारदेखि खुकुलो पारेका हुन्। उनीहरूले आइतवारदेखि भारतीय बजारसम्म नेपालीहरूलाई किनमेलका लागि जान दिन थालेका छन्। धनगढीका रोशन सार्कीले नेपाली नागरिकताको तस्विरका आधारमा जान दिएको बताए। उनले भने, ‘अस्ति खुल्ला थिएन। हिजोदेखि जान दिएको रहेछ। वनगाउँमा पनि नेपालीहरू छन्।’

कैलालीको त्रिनगर–गौरीफन्टा सीमा नाकाबाट आवत–जावत खुल्ला गरिएको हो। नेपालमा जेन–जी पुसस्ताको आन्दोलनका कारण सुरक्षाको कारण देखाउदै भारतीय सुरक्षा निकायले कडाइ गरेको थियो। नेपालमा नयाँ सरकार गठन भएपछि आइतवारदेखि सीमा क्षेत्र पूर्ण रूपमा खुल्ला गरिएको हो।

भारतीय सुरक्षा निकायका अनुसार पूर्ववत् अवस्थामा सीमाको सुरक्षा प्रणाली लागु भएको छ। नेपाली नागरिकता वा परिचयपत्रका आधारमा भारत प्रवेशको अनुमति दिने गरिएको हो। नेपालीहरू रोजगारी तथा किनमेलका लागि भारतीय बजारहरूसम्म जान थालेका छन्। सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी, नेपाल प्रहरी र मानव बेचबिखन विरुद्द काम गर्ने संघ/संस्थाहरूले भारत जानेहरूको नागरिकताका आधारमा सूचि बनाउदै आएका छन्। महिला तथा युवतीहरूको विषयमा माइती नेपाल लगायतका संस्थाहरूले खोजीनिती गर्ने गरेेका हुन्।दिनेश खाबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...