धनगढी न्यूज

कुलमान घिसिङ संलग्न दल दर्ताको अन्तिम तयारी

२३ कात्तिक, काठमाडौं । अन्तरिम सरकारका उर्जामन्त्री रहेका कुलमान घिसिङ पार्टी निर्माणको लागि अन्तिम चरणमा पुगेका छन् ।

जेनजीहरूलाई समेत समेटेर पार्टी दर्ता गर्ने उनको योजनाअनुरुप पार्टी निर्माणको तयारी अन्तिम अवस्थामा पुगेको हो । स्रोतका अनुसार अहिलेसम्मको तयारीमा पार्टीको नाम ‘नेपाल जनसेवा पार्टी’ राख्नेबारे मोटामोटी सहमति भइसकेको छ भने चुनाव चिन्ह बिजुलीको बल्ब (चिम) हुनेछ ।

नयाँ बन्ने जनसेवा पार्टीमा कुलमान घिसिङ, सुदन गुरुङ समूह, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) को सचिवालय र संयूक्त पहिचानवादी मोर्चा जोडिने सम्भावना छ ।

पहिचानवादी मोर्चामा आठ घटकका पहिचानवादी समूह छन् ।अन्लाईन खबर बाट साभार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×