Skip to main content

धनगढी न्यूज

पार्टीलाई एकताबद्ध राख्न नेतृत्व र प्रतिनिधिलाई योगेश भट्टराईका दुई सुझाव

Advertisement

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले आगामी महाधिवेशनबाट एमालेलाई नयाँ सन्दर्भमा देशको नेतृत्व गर्न सक्ने सक्षम पार्टी बनाउनुपर्ने बताएका छन्।

फेसबुकमा भिडिओ सन्देश जारी गर्दै भट्टराईले फरक परिस्थिमा पार्टी पुनर्गठन र आगामी दिनमा एमालेलाई देशको नेतृत्व गर्न सक्ने सबल र सक्षाम पार्टीका बनाउनु नै आगामी महाधिवेशनको प्रमुख कार्यभार रहेको बताएका हुन्।

अहिले देशभरिका विभिन्न जिल्लाहरूमा महाधिवेशन प्रतिनिधि छनोट भइरहेका छन्। महाधिवेशन मंसिर २७,२८ र २९ गते हुने तय छ।

सचिव भट्टराईले महाधिवेशनसँगै पार्टीलाई एक ढिक्का राख्नु मुख्य चुनौती रहेको बताए। महाधिवेशनपछि पार्टीलाई अझै एकताबद्ध राख्नुपर्ने उनको भनाई छ।

पार्टीलाई एकताबद्ध राख्नका लागि भट्टराईले महाधिवेशन प्रतिनिधि र पार्टी नेतृत्वलाई दुईवटा सुझाव दिए।

पहिलो, मदन भण्डारीले दिशानिर्देश गरेको जनताको बहुदलीय जनवादलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्ने भट्टराईको सुझाव छ।

‘पार्टी भित्रका अन्तर विरोधहरुको व्यवस्थापन गर्न पार्टी भित्रको लोकतान्त्रिक पद्धतिलाई पुनर्स्थापित गर्न र वास्तविक अर्थमा नेकपा एमालेलाई एउटा जनपक्षीय पार्टीको रुपमा स्थापित गर्न देशभक्त राष्ट्रवादी पार्टीको रुपमा स्थापित गर्न र लोकतन्त्रवादी पार्टीको रुपमा स्थापित गर्न कमरेड मदन भण्डारीले दिशा निर्देश गर्नुभएको जनताको बहुदलीय जनवादलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्छ,’उनले भने।

सचिव भट्टराईले उत्तेजनाबाट निर्णय नगर्न दोस्रो सुझाव दिएका छन्।

‘ त्यसले दुर्घटना निम्त्याउँछ। त्यसकारण आज नेकपा एमालेका निम्ति आवेग र उत्तेजनाको कुनै पनि अर्थ हुने छैन। त्यसको आवश्यकता छैन। संयमता, धैर्यता, सहकार्य यो नेकपा एमालेको संस्कृति हो। पार्टी भित्र होस् अथवा बाहिर हामीले शक्तिको भाषा बोलेर कुनै पनि ठाउँ मा हामी पुग्न सक्दैनौं,’ उनले भने।

त्यसकारण शक्तिमा नभई संयमता, सहकार्य र सहअस्तित्वमा अगाडि बढ्नुपर्ने उनले बताए। साथै पार्टी भित्रका विविधताहरुलाई स्वीकार्न सक्नुपर्ने पनि उनको भनाइ छ।

‘पार्टी भित्र समाजमा जब विविधता छ भने पार्टी भित्र पनि विविधता छ। नेपाली समाज विविधता बीचको एकता हो। त्यसैगरी पार्टी भित्र पनि विविधता बीचको एकता कायम गर्नुपर्छ। बहुदलीय जनवादको संगठनिक सिद्धान्त पनि यही नै हो। त्यसकारण अनि यी तमाम विषयमा प्रतिनिधि कमरेडहरूले पक्कै पनि ध्यान दिनु हुनेछ।  सन्तुलित निर्णय गर्ने ठाउँमा तपाईहरु पुग्नु हुनेछ म त्यो विश्वास लिन चाहन्छु,’ उनले भने।

पार्टीलाई सबै भौगोलिक क्षेत्रको,सबै जात-जाति, भाषा-भाषीहरूको प्रिय पार्टी बनाउनका लागि थप खुलस्त भएर अगाडि बढ्नुपर्ने उनले बताए। सेतोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...