Skip to main content

धनगढी न्यूज

विदेशबाट फर्केर गाउँमै ‘सस्तोबजार’ सञ्चालन

Advertisement

कञ्चनपुरः वैदेशिक रोजगारीमा १६ वर्ष बिताएर स्वदेश फर्किएका कञ्चनपुरको बेदकोट नगरपालिका–१ सुडाका बसन्तराज भट्टले विदेशमा सिकेका सीप र अनुभवलाई उपयोग गर्दै गाउँमै व्यवसाय सुरु गरेका छन्।

उनले गाउँमै ‘आफ्नो बजार, सस्तोबजार’ नामक किराना तथा दैनिक उपभोग्य सामग्री पसल सञ्चालन गर्न थाएका हुन्। कुवेतमा वर्षौँसम्म पसल तथा आपूर्ति व्यवस्थापनसँग सम्बन्धित काम गरेका भट्टले त्यही अनुभवलाई आधार बनाउँदै गाउँमै गुणस्तरीय सेवा दिने उद्देश्यले व्यवसाय सुरु गरेका हुन्। विदेशबाट स्वदेश फर्केर केही उत्पादनमूलक काम गर्ने लक्ष्य रहेको बताउने उनले स्वदेशमै दिगो जीविकाको सम्भावना देखेपछि व्यवसायमा हात हालेएको बताए।

भट्टले करिब १० लाख लगानी गरी घरैमा आधुनिक शैलीको किराना पसल स्थापना गरेका छन्। स्थानीय ग्राहकलाई दैनिक उपभोग्य सामग्रीदेखि तरकारीसम्म एकै स्थानमा सहजै उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालन गरेका हुन्। “कुवेतमा काम गर्दा पसलमा सामान कसरी सजाउने, कसरी मूल्य निर्धारण गर्ने, हिसाब–किताब गर्ने, ग्राहकसँग कसरी व्यवहार गर्ने भन्ने सबै सीप त्यहीँ सिकेँ,” भट्ट भन्छन्, “अब त्यही सीप प्रयोग गरी व्यवसाय सुरु गरेको छु।”

भट्टको पसलले छोटो समयमा स्थानीय ग्राहकको ध्यान तान्न सफल भएको छ। ग्राहकअनुकूल मूल्य, गुणस्तरीय सामान र छरितो सेवा उनका प्रमुख आकर्षण बनेका छन्। “थोरै नाफा राखेर सामान बेच्ने गर्छु, ग्राहकको मागका आधारमा आवश्यक वस्तु मात्र राख्छु,” भट्ट भन्छन्, “गुणस्तर राम्रो भएकाले अहिलेसम्म कुनै गुनासो आएको छैन, उल्टै ग्राहकको विश्वास बढ्दै गएको छ।”

पसलमा तरकारी, फलफुल, ‘ड्राइफ्रुट्स’, मसला, चामल, दाल, चिनी, गेडागुडी, तेल, भान्छाका सामग्री, मिठाइ तथा दैनिक घरायसी सामान उपलब्ध छन्। एउटै छानामुनि आवश्यक वस्तु पाइने भएकाले घरपरिवार, विद्यार्थी तथा कार्यालयका कर्मचारीसम्म भट्टको ‘सस्तोबजार’मा आकर्षित हुने गरेका छन्। हाल भट्टको पसलमा दैनिक १० हजारदेखि १५ हजार रुपैयाँसम्मको बिक्री हुन्छ।

जसबाट दुई हजारदेखि तीन हजार बराबरको नाफा आर्जन हुने गरेको उनले बताए। “बढी मार्जिन राखेर सामान बिक्री गरे नाफा बढी हुन्थ्यो”, उनले भने, “थोरै मार्जिन राखेर ग्राहकलाई गाउँकै बजारबाट सबै सामान उपलव्ध गराउने सामाजिक सेवा भाव राखेर व्यवसायलाई अगाडि बढाउँदै आएको छु, ग्राहकको माया पाएको छु।” विदेशमा पनि उनको कमाइ महिनामै एक लाखको हाराहारीमा थियो। तर परिवारदेखि टाढा, घरभन्दा धेरै पर रहेकाले अब गाउँमै केही गर्नुपर्छ भन्ने सोचले पसल सुरु गरेको उनको भनाइ छ।

लामो समय विदेशमा बस्दा परिवारजनसँग समय बिताउन नपाउँदा खिन्नता हुने गरेको भट्ट बताउछन्। अहिले भने बिहानदेखि बेलुकासम्म आफ्नै पसलमा काम गर्ने, परिवारसँगै बस्ने र गाउँकै मानिससँग घुलमिल हुन पाएकोमा उनी खुशी छन्।

पसलमा श्रीमती र परिवारका सदस्यले पनि सहयोग गर्दै आएका छन्। “स्वदेशमै बसेर इमान्दारीका साथ व्यापार गर्दा राम्रो कमाइ हुन्छ भन्ने अहिले महसुस भइरहेको छ,” भट्ट भन्छन्, “अब बजारलाई अझ विस्तार गर्ने, ग्राहकसेवा सुधार्ने, ग्राहकको अनलाईन अर्डरअनुसार घरमै सामान पुर्याउने र आधुनिक बिलिङ प्रणालीसम्म ल्याउने योजनामा छु।” उनले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै अवसर खोज्ने युवाका लागि पनि व्यवसायमार्फत प्रेरणा दिएका छन्। दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...