Skip to main content

धनगढी न्यूज

काठमाडौं भेलाको निष्कर्ष- नियमित महाधिवेशन कार्यतालिका प्रभावित भए विशेष महाधिवेशन गर्ने

Advertisement

नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गरेका महाधिवेशन प्रतिनिधिहरूले आज काठमाडौंमा भेला गरेका छन्।

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे नेका विषेश महाधिवेशन हस्ताक्षर अभियानका तर्फबाट आयोजित १५औँ महाधिवेशनको तयारी विषयक अन्तरक्रियालाई सम्बोधन गर्नुहुँदै । तस्बिरः विमलबहादुर विष्ट/रासस

मंसिर १५ गते बसेको केन्द्रीय समिति बैठकले पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याए पनि उक्त कार्यतालिकाप्रति असन्तुष्टि जनाउँदै विशेष महाधिवेशन पक्षले भेला गरेका हुन्।

नियमित महाधिवेशन समयभित्रै नभए विशेष महाधिवेशन गर्ने र त्यसका लागि तयारी जारी राख्नुपर्ने भेलाको निष्कर्ष रहेको नेताहरूले बताएका छन्।

नेता जगदीश्वर नरसिंह केसीले १५ औं महाधिवेशन कार्यतालिका कार्यान्वयन नहुने देखिएको भन्दै आफूहरूले पुस २८ गतेभित्र विशेष महाधिवेशन गर्नेगरी तयारीको कामलाई अघि बढाउनुपर्ने बताए।

‘षड्यन्त्रमूलक ढंगले यो कार्यतालिका आएको छ। यो कार्यतालिका पुस १६ गते प्रभावित नहुन सक्छ। १८, २० वा २२ गतेतिर प्रभावित हुन खोज्यो भने विशेष महाधिवेशनलाई जतिखेर पनि क्रियाशील बनाउन सक्ने परिस्थिति निर्माण गर्नुपर्छ,’ उनले भने, ‘यो कुरा हामीले महामन्त्रीहरूलाई भेटेर भन्नुपर्छ। कार्यतालिका प्रभावित भयो भने पुस २८ गते विशेष महाधिवेशन बस्ने हो।’

ललितपुरका सभापति जितेन्द्र श्रेष्ठले विशेष महाधिवेशन हुन नदिन नियमित महाधिवेशन कार्यतालिका आएको बताए।

‘हाम्रो विशेष अधिवेशनको तालिका छँदैछ। त्यो गर्छौं भनेर हामी आत्माविश्वासका साथ अघि बढेका पनि छौं तर वडा अधिवेशनबाट चुनिएर प्रतिनिधि आएपछि हामी आधिकारिक हौं भन्ने हुन्छ। हाम्रो विशेष महाधिवेशनको माग पनि तुहिन्छ । त्यसैकारण मेरो अनुरोध मैले सुरूमै पनि भनेको थिएँ हामीले नियमित भन्न हुँदैन थियो,’ उनले भने।

नेता गुरूराज घिमिरेले नियमित महाधिवेशन कार्यतालिका आएको र कार्यतालिकाअनुसार अधिवेशन अघि बढ्ने वा नबढ्ने हेर्न बाँकी रहेको उल्लेख गरे।

कांग्रेसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाउँदै विशेष महाधिवेशन माग गरेका थिए। पुस २८ भित्रै विशेष महाधिवेशन गर्न उनीहरूको माग थियो। केन्द्रीय समिति बैठकले सोही अवधिमा १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको हो।

सभापति शेरबहादुर देउवाले भने कार्यतालिकाअनुसार नियमित महाधिवेशन हुनेमा प्रतिबद्धता जनाएका छन्। आज केही युवा नेताहरूसँग भेट गर्दै सभापति देउवाले नियमित महाधिवेशन हुने भएकोले अब विशेष महाधिवेशनको कुरा गर्न नहुनेमा जोड दिएका थिए।सेतोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...