धनगढी न्यूज

एसपिए कलेजसँग जोडिएका १७ अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीहरू, जसमा १४ कलेजकै विद्यार्थी

Advertisement

 

शैक्षिक उत्कृष्टता र खेल प्रतिभालाई एउटै धारमा जोड्ने एसपिए कलेजले, आफ्ना विद्यार्थीहरु लाई स्थानीय मैदानबाट अन्तर्राष्ट्रिय रंगशालासम्म पुर्‍याएको छ।
City of Cricket धनगढीको पहिचान निर्माणमा कलेजले आफ्नो स्थानबाट पुर्‍याएको योगदानको कुरा होस् अथवा १४ जनाभन्दा बढी अन्तर्राष्ट्रिय खेलाडीलाई अध्यापन गराउँदै आएको कुरा होस्, कलेजले नेपाली क्रिकेट जगतमा आफ्नो क्षेत्रबाट राम्रै भूमिका निर्वाह गरेको देखिन्छ।

शिक्षा र खेलकुदको अद्वितीय संगम
एसपिए कलेजको दर्शन स्पष्ट छ, शिक्षा र खेलकुद अलग होइनन्, दुवै एक अर्काका पूरक हुन्। यही सोचका कारण कलेजले विद्यार्थीलाई किताबी ज्ञानसँगै प्रतिस्पर्धात्मक खेलकुदमा समेत सक्षम बनाउँदै आएको छ। परिणामस्वरूप, यहाँ अध्ययन गरेका तथा अध्ययनरत १४ भन्दा बढी खेलाडीहरूले नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गरिसकेका छन्।
एसपिए कलेजसँग जोडिएका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीहरूमा लोकेश बम, नारायण जोशी, आशिष लुहार, कबिता कुवर, ईश्वरी बिष्ट, रुबी पोदार, मनिशा उपाध्याय, अर्जुन चापागाईं, सुमन बिष्ट, यसोधा बिष्ट, सचिन मल्ल, सुबोध ऐर, लक्ष्मी साउद, बसन्त सिंह कार्की जस्ता नामहरू छन्। अहिलेका प्रतिभाशाली तथा चर्चित खेलाडी शेर मल्ल ब्रान्ड एम्बेसडरका रूपमा जोडिएका छन् भने अन्तर्राष्ट्रिय खेलाडी विपिन रावल प्रशिक्षकको भूमिकामा एसपिए कलेजसँग जोडिएका छन्।
साथै, एसपिए कलेजकै स्वामित्व रहेको ब्रेड बक्सको ब्रान्ड एम्बेसडरका रूपमा नेपालका चर्चित विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी पनि जोडिएका छन्। यी नामहरूमा कविता कुवर, नारायण जोशी, शेर मल्ल, विनोद भण्डारी र विपिन रावल मासिक रूपमा कलेजबाट पारिश्रमिक पनि पाउँछन्।

एसपिए कप: व्यावसायिक नेपाली क्रिकेटको टर्निङ पोइन्ट
सन् २०१० मा धनगढीमा पहिलो पटक आयोजना भएको एसपिए कपले नेपाली क्रिकेटको धार नै मोडिदियो। बिस्तारै यो प्रतियोगिता नेपालकै सबैभन्दा बढी धनराशीको क्रिकेट प्रतियोगिता बन्न पुग्यो। यो केवल प्रतियोगिता मात्र थिएन, यसले राष्ट्रिय टोलीको सफलतामा बल पुर्‍यायो र क्रिकेट कमै हुने हाम्रो देशमा नयाँ उत्साह भरिदियो।May be a graphic of text that says 'Vacancy Announcement Dhangadhi Pragya Sadan (DPS), Dhangadhi invites applications for the position of Montessori Teacher (PG & Nursery) Eligibility VACANT Minimum +2 passed (Montessori training preferred) Good communication skills Child-friendly, patient, and dedicated Salary& Benefits Negotiable No bar for deserving candidates Send your CV at dps.dhangadhi@gmail.com till Magh 06th, 2082 DHANGADHI PRAGYA PRAGYASADAN SADAN School Administration DHANGADHI PRAGYA SADAN +977 91-410342 Our Location: 오 Dhangadhi-3, Kailali'

त्यस समयमा देशका विभिन्न कलेजका युवा खेलाडीहरूसँगै राष्ट्रिय टोलीका सदस्यहरू पनि धनगढी आइपुग्थे र एसपिए कप खेल्थे।
सोही एसपिए कपले आफ्नो चौथो संस्करणसम्म आइपुग्दा, अझ ठुलो स्वरूप लियो र डिसिएलको रूपमा परिणत भयो। पछि, एसपिए कलेजका प्रबन्ध निर्देशक तथा धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही र उहाँको टिमको नेतृत्वमा, धनगढीको माहोल पूर्ण रूपमा क्रिकेटमय बन्दै गयो। त्यसैक्रममा जन्मियो धनगढी प्रिमियर लिग, जुन त्यसबेलाको नेपालको सबैभन्दा ठुलो प्रतियोगिता थियो। यस प्रतियोगिताले नेपाली क्रिकेटमा व्यवसायिकता मात्र ल्याएन, यसले क्रिकेटको स्वरूप नै बदलिदियो।

नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्स र देशकै एक ठुलो मध्यको अर्जुन ट्रफिको आधिकारिक साझेदार बनी एसपिए कलेज अहिले पनि विभिन्न तरिकाले क्रिकेटसँग जोडिएकै छ। कलेज केवल क्रिकेटमा मात्र सीमित छैन। यो कलेज नेपाल सुपर लिगको टोली धनगढी एफसिको पनि आधिकारिक साझेदार हो। क्रिकेट, फुटबलसँगै अन्य खेलकुदका खेलाडीहरूलाई पनि प्रोत्साहन तथा मार्गदर्शन गर्दै कलेजले समग्र खेलकुद विकासमा योगदान पुर्‍याइरहेको छ।

एसपिए कलेजको क्रिकेटप्रतिको लगाव र योगदानले धनगढीलाई ‘क्रिकेट सहर’ बनाउने अभियानमा ठूलो भूमिका खेल्यो। आज धनगढी क्रिकेट एकेडेमी, एसपिए कलेजको संस्थागत सहकार्यका रूपमा स्थापित छ, जहाँ विद्यार्थीहरूले आफ्ना खेलकुद सीप निखार्ने, प्रतिस्पर्धात्मक वातावरणमा आफूलाई प्रमाणित गर्ने अवसर पाउँछन्।

क्रिकेट, फुटबल र अन्य खेलकुदमार्फत एसपिए कलेजले देशको गौरव र अन्तर्राष्ट्रिय पहिचान दुवै स्थापित गरेको छ। धनगढीबाट सुरु भएको यो यात्रा आज नेपाली खेलकुद विकासको नयाँ युगको प्रतीक बनेको छ, जहाँ कक्षा कोठाबाट मैदानसम्म, र मैदानबाट विश्व मञ्चसम्म पुग्ने सपना सम्भव बनाइएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

सुरक्षा संवेदनशीलताको आधारमा सेना जुनसुकै घेरामा खटिने सक्ने

सुरक्षा संवेदनशीलताको आधारमा सेना जुनसुकै घेरामा खटिने सक्ने

२७ माघ, काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली सेना गस्ती, पेट्रोलिङ सुरु गरिसकेको छ । महत्त्वपू...
कांग्रेसले जितको ह्याट्रिक गरिसकेको पर्वतमा एमाले पनि ह्याट्रिक पूरा गर्ने दाउमा

कांग्रेसले जितको ह्याट्रिक गरिसकेको पर्वतमा एमाले पनि ह्याट्रिक पूरा गर्ने दाउमा

बागलुङ । प्रतिनिधि सभाको आसन्न निर्वाचनलाई लिएर पर्वतमा दलहरू आ–आफ्नै रणनीति अनुसार जनताको विश्वास जित्न प्रयासरत छन् । पर...
रामेछाप बस दुर्घटनामा ज्यान गुमाएका ११ जनाको पहिचान Nmb

रामेछाप बस दुर्घटनामा ज्यान गुमाएका ११ जनाको पहिचान Nmb

रामेछाप बस दुर्घटनामा ज्यान गुमाएका १२ जनामध्ये ११ जनाको पहिचान खुलेको छ। मंगलबार बिहान १०:४० बजे काठमाडौंबाट मन्थली-खुर्कोट पु...
प्याब्सनले ‘दलको चुनावी घोषणापत्र’मा के-के विषय समावेश गर्न गर्‍याे माग ?

प्याब्सनले ‘दलको चुनावी घोषणापत्र’मा के-के विषय समावेश गर्न गर्‍याे माग ?

काठमाडौँ : प्रतिनिधिसभा निर्वाचनमा आउन अब २४ दिन बाँकी छ। आगामी फागुन २१ मा हुने उक्त निर्वाचन जित्न चुनावी मैदानमा होमिएका उम्मेद...
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×