Skip to main content

धनगढी न्यूज

बारामा आमा-छोराको हत्या घटनामा प्रहरीले बुहारीलाई लियो नियन्त्रणमा

Advertisement

बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा दुई जनाको हत्या भएको घटनामा प्रहरीले बुहारीलाई नियन्त्रणमा लिएको छ।

बुधबार बिहान २ बजेअघि रहरियाडीमा ५२ वर्षीया सुमित्रा देवी र उनका छोरा ३२ वर्षीया रामेश्वर मण्डलको हत्या भएको घटनामा प्रहरीले रामेश्वरकी श्रीमती मनितादेवीलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवरले जानकारी दिए।

‘सोधपुछका लागि उहाँलाई नियन्त्रणमा लिइएको हो,’ उनले भनेका छन्।

गएराति एक व्यक्ति घरभित्र छिरेर अन्धाधुन्ध धारिलो हतियार प्रहार गरेका थिए। ती व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

घटना हुँदा सुमित्राको घरमा ८ जना सदस्य थिए।

सुमित्रासँगै उनका श्रीमान जगरूक मण्डल, छोरी किरणदेवी, बुहारी मनितादेवी र उनका दुई छोरा, छोरी रिनाकुमारी र नाति गरी ८ जना थिए।

जगरूक,मनितादेवी र किरणदेवी घाइते भएका छन्। त्यसमा पनि जगरूक गम्भीर रहेको प्रहरीले जनाएको छ।

उनीहरूको परवानीपुरकै एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ।

मनिता राति शौचालय निस्कँदा उनीसँगै सुमित्रा पनि निस्किएकी थिइन्।

सुमित्राको घरबाहिर नै हत्या भएको प्रहरीले जनाएको छ।

शौचालयको छेउमै उनको शव भेटिएको थियो। रामेश्वरको शव प्यासेजमा भेटिएको प्रहरीले जनाएको छ ।

घटनामा मनिता सामान्य मात्रै रहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए। अन्य विषयमा अनुसन्धान भइरहेको उनले बताएका छन्।

‘घटनाको अनुसन्धानका लागि परिवारका सदस्य र छिमेकीहरु कुराकानी गर्नुनै पर्ने हुन्छ,’ उनले भने, ‘घटना कसले र कसरी घटाएको भन्ने बारे अनुसन्धान भईरहेको छ।’

घरबाट एउटा बच्चाले गएर छिमेकीलाई जानकारी गराएपछि गाउँलेले घटनाबारे जानकारी पाएका थिए।

बिहान २ बजेतिर घटनाबारे जानकारी पाएको र घाइते दाजु र छोरीलाई अस्पतालमा ल्याएर भर्ना गरेको मृतक रामेश्वरका काका स्वरुप महतोले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवर घटनाबारे जानकारी पाए लगत्तै घटना स्थलमा पुगेका छन् । उनले घटना स्थलमा आमा र छोरा मृत अवस्थामा फेला परेको र बुवा, सानी छोरी र बुहारी घाइते रहेको जानकारी दिए ।

‘रातिदेखि नै घटनास्थलमा छु, धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको देखिन्छ,’ उनले भने, ‘घटनास्थल मुचुल्का उठाइसकेका छौं।’

घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको छ।सेतोपाटी बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...