Skip to main content

धनगढी न्यूज

हिमपातपछि बाजुराको जनजीवन र चुनावी प्रचारप्रसार प्रभावित, किसानलाई भने राहत

Advertisement

बाजुराः केही दिनअघिदेखि बाजुरा लगातार परेको भारी हिमपातका कारण यहाँको जनजीवन प्रभवित भएको छ । गत शुक्रबार, शनिवार र सोमबारमा परेको बाक्लो हिमपातका कारण यहाँको जनजीवन निकै प्रभावित बन्दै गएको हो ।

केही दिन यता बाहिर बाक्लो हिमपातका कारण यहाँका स्थानीयलाई गाई भैँसी भेडाबाख्रालाई चरिचरन गर्न समेत निकै समस्या भएको हिमाली गाउँपालिका–६ पाडीका स्थानीय चिनबहादुर रावलले बताए।

उनले भने, ‘हिउँदको महिना यहाँ त्यसै पनि धेरै चिसो हुन्छ । त्यसैमाथि अहिले गत शुक्रबारदेखि हिउँ पर्न सुरु भएपछि अहिले यहाँका स्थानीयलाई घर बाहिर निक्लन तथा गाई–भैँसी भेडाबाख्रालाई वनमा लिएर चराउन समेत गाह्रो भएको छ ।’

पाडी गाउँ यहाँको हिमाली भेग मुनी भएकोले र यहाँ थोरै पानी पर्ने वित्तिकै बाक्लो हिमपात पर्ने भएकोले अहिले यहाँका बयोवृद्ध बालबालिका र दमका बिरामीहरु प्रभावित हुने गरेको रावतले बताए।
बाजुरामा लगातार परेको हिमपातका कारण यहाँको जनजीवन प्रभावित हुने गरेको भएपनि यहाँका किसानले लगाएको हिउँदेबालीलाई भने राहत भएको छ ।

जिल्लामा परेको लामो समय खडेरीका कारण यहाँका किसानले लगाएको त्यो हिउँदेबाली गहुँ,जौ र तरकारीबालीलाई राहत भएको हो । ‘यहाँ सिचाइको सुविधा छैन । हामी सधैँ आकासे पानीको भरमा हिउँदे खेती लगाउँने गर्छौं । पानी परेपछि त्यो बाली राम्रो हुन्छ । पानी नपरेपछि भने त्यो सबै सुक्छ । यती बेला पानीसँगै बाक्लो हिउँ परेपछि त्यो बालीलाई भने निकै राहत भएको छ।’ हिमाली गाउँपालिका सथनीय जोगा रोकायले भने ।

उनका अनुसार कात्तिकदेखि माघको महिलो सातासम्म पानी नपरेपछि हिउँदे खेती सुक्छ। अनी वर्खाको समय के खाने भन्ने निकै चिन्ता भएको थियो । यतीबेला माघ १० गते रातीदेखि बाक्लो हिमपात परेपछि अब त्यो हिउँदे बालीलाई राहत भएको छ ।

बाक्लो हिउँ परेपछि गहुँमा लाग्ने किरा समेत मर्ने र सिचाइको पनि आवश्यक नपर्ने भएकोले अब यो वर्ष हिउँदेबाली सप्रिने आश भएको रोकायाले बताए।  बाजुरामा केही दिन यता लगातारको हिमपातले दल र उम्मेदवारहरुको चुनावी प्रचार प्रसार गर्ने कार्यक्रम पनि प्रभावित बनेको छ । हिमाली भेगका गाउँ बस्ती बाक्लो हिमपातले छापिएपछि यहाँका राजनीतिक दललाई ती गाउँ बस्तीमा गएर चुनावी प्रचारप्रसार गर्न समस्या भएको हो ।

यहाँका धरै गाउँ बस्तीमा यती बेला विभिन्न दलका नेता तथा कार्यकर्ता आएर चुनावी प्रचार प्रसार गर्दै आएका छन् । गत शुक्रबारदेखि गाउँमा बाक्लो हिमपात परेकोले अहिले सम्म यहाँ कोही दलका उम्मेदवार आउने नगरेको रावलले बताए। दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...