Skip to main content

धनगढी न्यूज

काठमाडौं–८ : अघिल्लो चुनावकै उम्मेदवार आमने-सामने

Advertisement
बायाँबाट क्रमशः बिराजभक्त श्रेष्ठ, समुन सायमी, नवीन शाही, सपनाराज भण्डारी र राजेश शाक्य ।

२० माघ, काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं-८ बाट २०७९ का उम्मेदवार आमने-सामने भएका छन् ।

अघिलो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठ १० हजार ११२ मतका साथ विजयी भएका थिए । यसपटक पनि उनी रास्वपाका उम्मेदवार छन् ।

सत्ता होइन, संस्कार बदल्न आफूले उम्मेदवारी दिएको तर्क श्रेष्ठको छ । ‘पुरानो अनुभव र नयाँ ऊर्जालाई जोड्दै, जनताको आत्मसम्मान, अपनत्व र आम नागरिकले भरोसा गर्नसक्ने प्रणाली स्थापित गर्न मेरो उम्मेदवारी हो,’ श्रेष्ठले भने ।

उनी यस पटक पनि जितलाई निरन्तरता दिने योजनामा छन् । श्रेष्ठले सम्पदा संस्कृति संरक्षणमा जोड दिँदै आएका छन् ।
२०७९ को निर्वाचनमा श्रेष्ठका प्रतिद्वन्द्वी थिए, तत्कालीन हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमी । उनले ६ हजार १७९ मत ल्याएका थिए । सायमीले यस पटक दल बदलेका छन् । उनी नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार छन् ।

सायमी पनि सम्पदा, संस्कृति संरक्षण, ऐतिहासिक बस्ती, जात्रा–पर्व, भाषा र मौलिक पहिचान जोगाउन सक्रिय रूपमा लागेका युवा हुन् । यस पटक पनि यी दुई उम्मेदवारको प्रतिस्पर्धालाई मतदाताले चासोका साथ नियालेका छन् ।

गत चुनावमा काठमाडौं-८ बाट तत्कालीन एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठ तेस्रो भएका थिए । उनले यो क्षेत्रबाट ४ हजार ८८१ मत ल्याएका थिए ।

यस पटक एकीकृत समाजवादी तत्कालीन माओवादी केन्द्रसँग एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ । दुई पार्टी मिलेकाले अघिल्लो चुनावको मतको आधारमा नेकपाको मत बढी देखिन्छ ।

तर, रास्वपासँग पनि काठमाडौं महानगरमा पूर्वप्रमुख बालेन शाहले एकता गरेकाले रास्वपाका उम्मेदवार श्रेष्ठले मत बढाउने दाबी मतदाताको छ । त्यसैले यो क्षेत्रमा श्रेष्ठ र सायमीको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ ।

त्यसैगरी कांग्रेसबाट सपना राजभण्डारी प्रतिस्पर्धामा छिन् । उनी दिवंगत नेता नवीन्द्रराज जोशीकी धर्मपत्नी हुन् । २०७९ मा उनी आदिवासी जनजाति समुदायबाट समानुपातिक सांसद थिइन् । २०४८ सालदेखि नेपाली काङ्ग्रेसको सक्रिय रूपमा विभिन्न पदमा रही काम गरेको अनुभव उनीसँग छ ।

उनी नेपाली कांग्रेसका महासमिति सदस्य पनि हुन् । सपना पनि सांस्कृतिक सम्पदा, जात्रा, डबली तथा मठमन्दिरको संरक्षणका साथै जलवायु परिवर्तनका विषयमा निरन्तर वकालत गर्दै आएकी छिन् । ‘कांग्रेसको नेतृत्वमा अधुरा योजना पूरा गर्ने मेरो संकल्प हो,’ उनले भनेकी छिन् ।

एमालेबाट क्षेत्र नम्बर ८ मा राजेश शाक्य मैदानमा छन् । उनी २०५४ स्थानीय निर्वाचित कामनपा-१९ वडाको सदस्य र २०७४ बागमती प्रदेशको प्रदेशसभाका सदस्य हुन् । उनले २०७९ को प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका राज्यलक्ष्मी श्रेष्ठलाई १,७७४ मतको अन्तरले हराएर विजयी भएका थिए ।

यस पटक प्रतिनिधिसभामा पनि जितलाई निरन्तता दिने योजना उनको छ । ‘सोचमा स्पष्टता, काममा प्रतिबद्धता,’ शाक्यले भनेका छन् ।

एमालेले गत २०७९ को चुनावमा यो क्षेत्रबाट ३ हजार ८९१ मत ल्याएको थियो । त्यसबेला एमालेका शिवसुन्दर राजवैद्य उम्मेदवार थिए ।

२०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण कार्यमा शाक्य सक्रिय रूपमा संलग्न हुँदै आएका थिए । जनतासँग प्रत्यक्ष रूपमा काम गर्दै आएको अनुभवका कारण आफूले जित हासिल गर्ने दाबी उनको छ ।

राप्रपाका नवीन शाही पनि यो क्षेत्रमा प्रतिस्पर्धामा छन् । अघिल्लो चुनावमा यो क्षेत्रमा राप्रपाका प्रकाश रिमालले ४ हजार ३८८ मत ल्याएका थिए ।

त्यसैगरी नेमकिपाका बन्दना श्रेष्ठ, उज्यालो नेपाल पार्टीका राजन खड्गी लगायतका २२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । काठमाडौं-८ मा ५७ हजार ८११ मतदाता छन् । जहाँ २३ मतदानस्थल र ६५ वटा मतदान केन्द्र छन् ।

अन्लाईन खबर बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...