Skip to main content

धनगढी न्यूज

रामेछाप बस दुर्घटनामा ज्यान गुमाएका ११ जनाको पहिचान Nmb

Advertisement

रामेछाप बस दुर्घटनामा ज्यान गुमाएका १२ जनामध्ये ११ जनाको पहिचान खुलेको छ।

मंगलबार बिहान १०:४० बजे काठमाडौंबाट मन्थली-खुर्कोट पुष्पलाल मार्गमार्फत सिरिसे ढाँडे हुँदै ओखलढुंगा जाँदै गरेको बस दुर्घटनामा परेको थियो।

प्र-३-००१-०५ ख ९९७५ नम्बरको अरनिको यातायातको बस त्रिवेणी घाटस्थित तामाकोशी नदीमा खसेको हो।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार ११ जनाको सनाखत भएको छ। एक जनाको सनाखत गर्न बाँकी छ।

ज्यान गुमाएका १२ जनामध्ये ७ जना पुरूष र ५ जना महिला छन्। उनीहरूको शव मन्थली अस्पतालमा राखिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए।

मृतक दोलखा भिमेश्वर-७ का २५ वर्षीया बबी तामाङ, भिमेश्वर-८ की ६० वर्षीय मानबहादुर तामाङ, रामेछाप लिखु-४ का २८ वर्षीय दिपेश बस्नेत, लिखु-७ की सानुमाया तामाङ, ३१ वर्षीया तारा तामाङ, ३६ वर्षीया भिमबहादुर तामाङ र १६ वर्षीया रमिता तामाङ छन्।

लिखु-४ का २५ वर्षीय दिपेन्द्र बस्नेत, लिखु-६ की ४५ वर्षीया मानकुमारी बरूवाल, उपाकुण्ड-६ का २४ वर्षीय विशाल सुनुवार र सिन्धुली गोलन्जोर-६ का ३४ वर्षीय शिव श्रेष्ठ छन्।

अन्दाजी ५० वर्षीय पुरूषको पहिचान खुल्न बाँकी छ।

दुर्घटनामा आठ जना घाइते समेत छन्। पाँच जना पुरूष र तीन जना महिला हुन्।

मन्थली-११ का ३१ वर्षीय चालक सुशान्त थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी सामान्य घाइते छन्। घाइते सात जनालाई उपचारको लागि काठमाडौं ल्याइएको छ।सीतोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...