Skip to main content

धनगढी न्यूज

सुरक्षा संवेदनशीलताको आधारमा सेना जुनसुकै घेरामा खटिने सक्ने

Advertisement

२७ माघ, काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली सेना गस्ती, पेट्रोलिङ सुरु गरिसकेको छ ।

महत्त्वपूर्ण प्रतिष्ठानहरूका साथै विमानस्थल, कारागारहरूको सुरुक्षा समेत सेनाले गर्न सुरु गरेको छ । निर्वाचनको अवधिमा नेपाली सेना तेस्रो घेरामा खटिने बताइएको छ ।

पहिलो घेरामा नेपाल प्रहरी/निर्वाचन प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल/निर्वाचन प्रहरी र तेस्रो अर्थात् सबैभन्दा बाहिरी घेरामा नेपाली सेना खटिने बताइएको छ ।

तर सुरक्षाको आवश्यकता अनुसार जुनसकुै घेरामा पनि सेना खटिनसक्ने बताइएको छ । प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत र मतदान अधिकृतसँगको समन्वयमा जुनसुकै घेरामा खटिने सक्ने बताइएको छ ।

नेपाली सेना निर्वाचन सुरुक्षाबारे आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा भनिएको छ, ‘सुरक्षा संवेदनशीलताको आधारमा प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत र मतदान अधिकृतसँगको समन्वयमा जुनसुकै घेरामा सेना खटिन सक्छ ।’

जसअनुसार सबैभन्दा सुरक्षा संवेदनशीलता तथा चुनौती देखिएका त्यस्ता ठाउँहरूमा नेपाली सेनालाई सुरुमै पहिलो घेरामा खटाउन सकिने पनि देखिन्छ ।

निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने पनि सेनाले बताएको छ ।

युद्धकार्य निर्देशनालयका निर्देशक तथा सहायक रथी मनोज थापा भन्छन्, ‘निर्वाचनको दौरानमा शान्ति सुरक्षा दिने क्रममा नेपाली सेनाका फौजहरू परिचालन हुनेछन् । हामीसँग भएका विभिन्न किसिमका साधानहरू, सामाग्रीहरू र हाम्रो क्षमता सदुपयोग गरेर यो निर्वाचनलाई नेपाली जनताको चाहान बमोजिम एकमद सफलतापूर्वक सम्पन्न गर्न हामी प्रभावकारी ढंगले परिचालन भएर आफ्नो काम सम्पन्न गर्नेछौं ।’अन्लाईनखबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...