Skip to main content

धनगढी न्यूज

हामी छिन्न भिन्न भएर बिग्रनु हुन्न- महामन्त्री पौडेल

Advertisement

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकढिक्का राख्नुपर्नेमा जोड दिएका छन्।

उनले एकताका पक्षमा एकजुट हुन सबै नेता कार्यकर्तालाई अपिल गरेका हुन्।

देशका हरेक संकटमा पार्टी एकजुट रहेको भन्दै उनले एकताकै बलमा कांग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व गरेर सफलता हासिल गरेको बताएका छन्।

‘अहिलेको प्रतिकूलतामा पनि हामी छिन्न भिन्न भएर बिग्रनु हुन्न। म पार्टी महामन्त्री मात्र नभई एक इमान्दार कार्यकर्ता भएर भन्दैछु– हामी सबै एकजुट होऔं,’ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् अपिल गरेका छन्।

महामन्त्री पौडेलले पार्टीका सबै नेता कार्यकर्तालाई एकतामा नै शक्ति रहेको बताएका छन्। ‘एकताको बलमा नै हामीले फेरि उज्यालो भविष्य प्राप्त गर्नेछौं,’ उनको भनाइ छ।

निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १४ औं महाधिवेशनबाट आएको कार्यसमिति बैठक राख्ने तयारी गरेपछि गत पुसमा भएको विशेष महाधिवेशनबाट महामन्त्री भएका पौडेलले यस्तो बताएका हुन्।

देउवा पक्षले आज र भोलि काठमाडौंमा ‘केन्द्रीय कार्यसमिति’ बैठक गर्ने तयारी गरेको छ। बैठक दिउँसो १ बजे धुम्बाराहीमा बस्ने गरी तय भएको नेताहरूले बताएका छन्।

कांग्रेसमा विशेष महाधिवेशनमा सहभागी भएका र नभएकाहरूले समानान्तर गतिविधि गर्दै आएका छन्। विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको विरोधमा देउवा पक्ष सर्वोच्च अदालत गएकोमा मुद्दा विचाराधीन छ।सेतोपाटी बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...