Skip to main content

धनगढी न्यूज

शैक्षिकसत्र १५ वैशाखबाट गर्ने निर्णयले विद्यालयहरु अलमलमा, क्यालेन्डर मिलाउँदै मन्त्रालय

Advertisement

२५ चैत, काठमाडौं । १५ वैशाखबाट शैक्षिकसत्र सञ्चालन गर्ने र आइतबार शैक्षिक संस्था बिदा दिने सरकारको निर्णयले शैक्षिक संस्थाहरू अलमलमा छन् ।

२२ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले १५ वैशाखबाट शैक्षिकसत्र सञ्चालन गर्ने निर्णय गरेको थियो । तर सरकारको निर्णयले वार्षिक शैक्षिक क्यालेन्डर कार्यान्वयनमा अन्योल भएको छ । यसअघि १ वैशाखबाट नयाँ शैक्षिकसत्र सञ्चालन हुने गरेको थियो ।

मन्त्रालय स्रोतका अनुसार पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न असहजताका कारण शैक्षिकसत्र सारिएको हो । ‘क्याबिनेटले निर्णय गर्दा पेट्रोलियम पदार्थका कारण सारिएको भनिएको छ,’ शिक्षा मन्त्रालयका एक अधिकारीले भने ।

शैक्षिक क्यालेन्डर मिलाउने तयारी

सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय पनि गरेको थियो । शैक्षिकसत्र सार्दा र आइतबार पनि बिदा दिँदा क्यालेन्डर प्रभावित हुन नदिन मन्त्रालयले कार्ययोजना बनाउँदै छ ।

‘हप्तामा दुई दिन बिदा हुँदा क्रेडिट आवर पनि मिलाउनु पर्छ ।  स्थानीय बिदा कटौती र शुक्रबार पूरै समय पढाउनु पर्ने अवस्था आउँछ,’ ती अधिकारीले भने ।

तर, पाठ्यक्रम विकास केन्द्रका अनुसार क्रेडिट आवरमा समस्या नहुने बताएको छ । ‘२०८३ वैशाख १५ बाट शैक्षिकसत्र सुरु भएर २०८४ वैशाखसम्मको शैक्षिकसत्र हुन्छ । क्रेडिट आवरमा प्रभावित हुँदैन,’ केन्द्रका महानिर्देशक युवराज पौडेलले भने, ‘क्यालेन्डर मिलाए हुन्छ ।’

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार १५ गतेबाट शैक्षिकसत्र सुरु भएपछि विद्यार्थी भर्ना पनि सोही दिनबाट गर्ने तयारी छ । ‘छलफल गरिरहेका छौँ । भोलि वा पर्सिसम्म निर्णय आउँछ । १५ गतेबाट नै भर्ना गर्ने तयारी छ,’ केन्द्रका निर्देशक युवराज पौडेलले भने ।

पाठ्यपुस्तक सयममै

जनक शिक्षा सामग्री केन्द्रले नयाँ शैक्षिकसत्रका लागि १ करोड ७० लाख पाठ्यपुस्तक छपाइसकेको जनाएको छ । सरकारले १५ वैशाखबाट शैक्षिकसत्र सञ्चालन गर्ने निर्णय गरेकाले सो अवधिसम्म विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउने केन्द्रका प्रबन्धक सञ्चालक यदुनाथ पौडेलले बताए ।

‘विद्यार्थी संख्याको आधारमा प्रादेशिक कार्यालयमा पर्याप्त पुस्तक पुगिसकेको छ । १४–१५ लाखको दरले पुस्तक प्रदेश–प्रदेशमा लगिएको छ,’ उनले भने ।

प्रदेश कार्यालयबाट १ हजार २६० आधिकारिक बिक्रेताले सम्बन्धित पालिकामा पाठ्यपुस्तक पुर्‍याउने छन् । केन्द्रले कक्षा १, २ र ४ बाहेकको पुस्तक छाप्ने गरेको छ । यी कक्षाको पाठ्यपुस्तक निजी क्षेत्रले छाप्ने गरेको छ । ‘कक्षा सञ्चालन हुँदा विद्यार्थीको हातहातमा पुस्तक पुग्छ । कुनै अभाव हुदैन,’ प्रबन्धक पौडेलले भने ।

उनले २१ फागुनको चुनावले पाठ्यपुस्तक छपाइमा कुनै असर नपरेको बताए ।अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...