धनगढी न्यूज

एसपिए कलेजद्धारा “फेरि भेटौँला” कार्यक्रम सम्पन्न

धनगढी — सुदूरपश्चिमाञ्चल एकेडेमीको आयोजनामा कक्षा १२ का विद्यार्थीहरूलाई लक्षित गर्दै शुभकामना प्रदान तथा फेरि भेटौँला कार्यक्रम बुधबार धनगढीस्थित होटल पौवामा सम्पन्न भएको छ।

विद्यार्थीहरूको शैक्षिक यात्राको महत्वपूर्ण चरण पूरा गरी उच्च शिक्षातर्फ अग्रसर हुने अवसरलाई स्मरणीय बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको एसपिए कलेजले जनाएको छ।

कार्यक्रममा क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, प्रमुख प्रशासकिय अधिकृत , विभिन्न संकाय प्रमुख, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम कलेजका उप कप्तान ज्योति भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा क्याम्पस प्रमुख बुधराम चौधरी सहभागी भएका थिए।

कार्यक्रमको सुरुवात अतिथि स्वागत, दीप प्रज्वलन तथा स्वागत मन्तव्यसँगै गरिएको थियो। त्यसपछि विद्यार्थीहरूले नृत्य, गायन तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। कक्षा १२ का विद्यार्थीहरूलाई टीका लगाई शुभकामना प्रदान गर्ने विशेष कार्यक्रम पनि आयोजना गरिएको थियो।

कार्यक्रममा विभिन्न व्यत्तित्व तथा विद्यार्थीहरूले प्रेरणादायी मन्तव्य राख्दै विद्यार्थीहरूलाई आगामी जीवनयात्रामा सफलता हासिल गर्न शुभकामना दिएका थिए।

विभिन्न विद्यार्थीहरूको नृत्य तथा गायन प्रस्तुति, र्‍याप गीत लगायत सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गर्दै कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

आयोजकका अनुसार यस्ता कार्यक्रमले विद्यार्थी र शिक्षकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै विद्यार्थीहरूलाई भविष्यप्रति प्रेरित गर्ने विश्वास लिइएको छ । कक्षा १२ पश्चात् एसपिए कलेजमै त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त स्नातकका बिबिएस , बिआइटिएम , बिएचएम, बिए , बिएड लयायतका कार्यक्रम सञ्चालनमा रहेकोले यस कार्यक्रमलाई बिदाईको साटो फेरि भटौँलाको रुपमा सम्पन्न गरिएको क्याम्पसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×