धनगढी न्यूज

नेतन्याहूद्वारा ट्रम्पको निर्णयमा समर्थन

काठमाडौं : इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई समर्थन गरेका छन् र युद्धविराम ‘लेबनानमा लागू नहुने’ बताएका छन्।

इजरायली प्रधानमन्त्री कार्यालयले युद्धविरामबारे एक वक्तव्य जारी गरेको छ। इजरायली सञ्चारमाध्यमका अनुसार उक्त वक्तव्यमा भनिएको छ, ‘इजरायल राष्ट्रपति ट्रम्पको इरानविरुद्धका आक्रमण दुई हप्ताका लागि स्थगित गर्ने निर्णयलाई समर्थन गर्दछ—तर यो सर्तमा कि इरानले तुरुन्त जलघाँटी खोलोस् र अमेरिका, इजरायल तथा क्षेत्रका अन्य देशमाथिका सबै आक्रमण रोकियोस्।’

नेतन्याहूको कार्यालयले इजरायलले अमेरिकाको प्रयासलाई समर्थन गर्ने पनि जनाएको छ, जसको उद्देश्य इरानले ‘अब आणविक, मिसाइल र आतङ्ककारी खतरा उत्पन्न गर्न नसकोस्’ भन्ने सुनिश्चित गर्नु हो। साथै, आगामी वार्तामा यी लक्ष्य हासिल गर्न अमेरिका प्रतिबद्ध रहेको जानकारी पनि इजरायललाई दिइएको बताइएको छ। तर वक्तव्यमा स्पष्ट रूपमा भनिएको छ, ‘यो दुई हप्ताको युद्धविराम लेबनानमा लागू हुँदैन।’

यो भनाइ पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले युद्धविराम लेबनानमा पनि लागू हुने बताएका सन्दर्भमा आएको हो।थाहा खबर बाट साभार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×