Skip to main content

धनगढी न्यूज

इरानद्वारा व्यावसायिक जहाजका लागि ‘हर्मुज जलमार्ग’ खुला गरेको घोषणा

Advertisement

इरानले व्यावसायिक जहाजका लागि ‘हर्मुज जलमार्ग’ खुला गरेको जनाएको छ । तर जहाजहरूले तोकिएको सुरक्षित लेनहरू प्रयोग गर्नुपर्नेछ ।

विदेशमन्त्री सइद अब्बास अरागचीले सामाजिक सञ्जाल एक्समा अमेरिका–इरानबीच युद्ध विरामको बाँकी अवधिका लागि हर्मुज जलमार्ग भएर आवतजावत गर्ने सबै व्यावसायिक जहाजहरूको लागि मार्ग खुला गरिएको बताउनुभएको छ । इरानले हर्मुजको जलमार्ग खुल्ला भएको घोषणा गरे पनि ट्र्याकिङमा थोरै जहाजहरू चलिरहेको देखिएको बीबीसीले जनाएको छ ।

अमेरिका र इरान बीचको युद्ध विराम यही अप्रिल २२ तारिख अर्थात् आउँदो बुधबार सकिंदैछ । अमेरिका र इजरायलले तीन महिनाअघि इरानमा आक्रमण गरेदेखि तेल ढुवानी मार्ग पनि प्रभावित हुँदै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पछिल्लो घोषणालाई स्वागत गर्नुभएको छ । तर उहाँले दुई देशहरूबीच शान्ति सम्झौता नभएसम्म इरानी बन्दरगाहमा नाकाबन्दी जारी रहने बताउनुभएको छ ।

हालै अमेरिका र इरानबीच पाकिस्तानमा भएको वार्ता असफल भएको थियो । यद्यपि पाकिस्तानसहितका मध्यस्थकर्ता देशले दोस्रो चरणको वार्ताका लागि निरन्तर पहल गरिरहेका छन् । इरानको पछिल्लो घोषणा इजरायल र लेबनानबीच १० दिनका लागि युद्ध विरामको सहमति भए पछि आएको हो ।

इरान समर्थित हिज्बुल्लाहले पनि युद्ध विराम सम्झौता पालना गर्ने जनाएको छ । युद्ध विराम गर्ने सहमतिको विश्व समुदायले प्रशंसा गरेको छ । भारत, चीन, फ्रान्स, बेलायतलगायत विश्वका शीर्ष नेताहरूले सहमतिको लागि खुशी व्यक्त गरेका छन् ।

हर्मुज जलमार्गमा तनाव कम हुने सकारात्मक सङ्केतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा केही कमी भएको छ ।

साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...