Skip to main content

धनगढी न्यूज

नवजीवन सहकारीको नेतृत्व चयनमा कडा प्रतिस्पर्धा, अध्यक्षमा ४ जना मैदानमा

Advertisement
२०८३ वैशाख २१  धनगढीस्थित नवजीवन सहकारी संस्था लिमिटेडको आगामी निर्वाचन निकै प्रतिस्पर्धात्मक हुने संकेत देखिएको छ। संस्थाको ३२औँ वार्षिक साधारणसभाअन्तर्गत हुने निर्वाचनमा अध्यक्ष पदका लागि चार जना उम्मेदवार आमनेसामने भएका छन्। जेठ ९ गते हुने साधारण सभामा अध्यक्षका लागि चार जनाको उम्मेदवारी रहेको अध्यक्ष देवबहादुर बमले बताए।

अध्यक्ष पदमा केशवराज मिश्र, गोपालराज पाठक, धनबहादुर शाह र चेतराज ओझाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

त्यसैगरी उपाध्यक्ष पदका लागि इन्द्रप्रसाद जोशी, उत्तम जोशी र उपेन्द्र बिष्टबीच प्रतिस्पर्धा हुने भएको छ भने सदस्य पदका लागि ३० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।लेखा सुपरीवेक्षण समिति संयोजक पदमा गणेशप्रसाद जोशी र चेतराज जोशीबीच भिडन्त हुने भएको छ। सोही समितिको सदस्य पदका लागि खेमराज पाठक, गणेशप्रसाद उपाध्याय, टेकराज जोशी र दिलीप रोकाय क्षेत्री उम्मेदवार रहेका छन्।निर्वाचन समितिले उम्मेदवारहरूको नामावली सार्वजनिक गरिसकेको छ भने पूर्वनिर्धारित कार्यतालिका अनुसार मतदान प्रक्रिया अघि बढाइने जनाएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...