Skip to main content

धनगढी न्यूज

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

Advertisement

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ। कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा नयाँ शैक्षिक यात्राको शुभारम्भका रूपमा आयोजित कार्यक्रममा कलेजले उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेकी नितिका अवस्थी र कलेजका पूर्वविद्यार्थी तथा चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान गरेको हो।

राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को परीक्षामा व्यवस्थापन संकायतर्फ ३.९६ GPA हासिल गर्दै नेपालमै उत्कृष्ट नतिजा ल्याउन सफल नितिका अवस्थीलाई उनको असाधारण शैक्षिक उपलब्धि, मेहनत र लगनशीलताको कदरस्वरूप कलेजले सम्मान गरेको हो। नितिकाको उपलब्धिलाई एसपीए कलेजले आफ्ना विद्यार्थीको शैक्षिक उत्कृष्टताको गौरवका रूपमा लिएको छ।

त्यस्तै, एसपीए कलेजको ब्याच २०७३ का उत्कृष्ट विद्यार्थीमध्येका एक चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई पनि सम्मानपत्र प्रदान गरिएको छ। निरन्तर मेहनत, अनुशासन, लगनशीलता र दृढ प्रयासमार्फत चार्टर्ड अकाउन्टेन्ट बन्न सफल रोकायाको प्रेरणादायी यात्राको कदर गर्दै कलेजले उनलाई सम्मान गरेको हो।

एसपीए कलेजले आफ्ना विद्यार्थीको उपलब्धिलाई केवल व्यक्तिगत सफलता नभई सम्पूर्ण एसपीए परिवारको गौरवका रूपमा लिँदै आएको जनाएको छ। उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान र प्रोत्साहन गर्ने संस्कारले वर्तमान विद्यार्थीमा पनि मेहनत, आत्मविश्वास र ठूलो सपना देख्ने प्रेरणा प्रदान गर्ने कलेजको विश्वास छ।

स्टेप अप गाला २०८३ मा सम्मानित नितिका र इन्द्रका उपलब्धिले नयाँ शैक्षिक यात्रामा प्रवेश गरेका कक्षा ११ का विद्यार्थीलाई पनि मेहनत, निरन्तरता र समर्पणबाट सफलता हासिल गर्न सकिन्छ भन्ने प्रेरणादायी सन्देश दिएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...