धनगढी न्यूज

सेयर बजारमा सुधार, कारोबार रकम भने अझै सुस्त

Advertisement

का

ठमाडौँ, १७ असोज । सेयर बजारमा बुधवार सुधार देखिएको छ । यस दिन नेप्से सूचक ९.२४ विन्दुले बढेर १९६७.९७ अङ्कमा आइपुगेको छ । १ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

नेप्से सूचक बढे पनि कारोबार रकम भने अझै सुस्त नै छ । बजारमा एकातिर लाभांश सिजन चलिरहेको छ भने अर्कोतिर प्रमुख चाडपर्व पनि नजिकिएको छ । चाडपर्व र लाभांश वितरण हुने बेलामा सेयर बजारमा विशेष चहलपहल बढ्नुपर्ने अपेक्षा गरिएको छ । तर अहिलेसम्म त्यस्तो हुन भने सकेको छैन ।

चाडपर्वका बेला रेमिटेन्स बढी आउँछ । बजारमा कारोबार बढ्ने हुँदा अर्थतन्त्र पनि थप चलायमान हुन्छ । तर अहिलेसम्म बजारमा यसको उत्साह देखिएको छैन । वर्ष दिनको कमाइबाट सूचीकृत कम्पनीहरूले लाभांश घोषणा गरेका हुन्छन् ।

बजारको आगामी यात्रा भने नीतिगत सुधार, बैङ्क ब्याजदर तथा लगानीकर्ताको मनोबल कस्तो रहन्छ, त्यसैमा निर्भर हुने देखिन्छ । अल्प कालमा बजारमा उतारचढाव आउन सक्छ तर मध्यकालीन र दीर्घकालीन अवधिका लागि भने नीतिगत सुधार र ब्याजदर नै प्रमुख विषय हुनेछन् । समग्रमा लगानीकर्ताले निश्चित योजना बनाएर लगानी सम्बन्धी निर्णय लिनुपर्ने हुन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रतिनिधि सभा निर्वाचन : आजदेखि समानुपातिकतर्फ दल दर्ता

प्रतिनिधि सभा निर्वाचन : आजदेखि समानुपातिकतर्फ दल दर्ता

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु हु...
चलचित्र निर्माणमा ऐतिहासिक रेकर्ड

चलचित्र निर्माणमा ऐतिहासिक रेकर्ड

काठमाडौँ । नेपाली चलचित्र निर्माणमा ऐतिहासिक रेकर्ड कायम भएको छ । नेपाली चलचित्रको इतिहासमै पहिलो पटक यो वर्ष चलचित्र निर्...
गोवाको नाइट क्लबमा भीषण आगलागी, २३ जनाको मृत्यु

गोवाको नाइट क्लबमा भीषण आगलागी, २३ जनाको मृत्यु

भारतको उत्तरी गोवाको अर्पोरास्थित नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ। राजधानी पनजीबाट २५ किलोमिटरको दूरीमा रहेको ब...
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ

अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ

विराटनगर । मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि प्रहरीले छिमेकीलाई नै पक्राउ गरेको ...
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×