Skip to main content

धनगढी न्यूज

सेयर बजारमा कहिले फर्किएला चमक ?

Advertisement

काठमाडौँ, २२ असोज  ।    सेयर बजार घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । सूचक घट्दा कारोबार रकम पनि सुस्त नै छ । यस दिन नेप्से सूचक १२.५८ विन्दुले घटेर १९०८.६६ अङ्कमा आएको छ । सूचीकृत २ समूह मात्र बढेका छन् । १ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

महँगो ब्याजदर, अपेक्षा अनुसार नीतिगत सुधार नहुनु अनि लगानीकर्तामा सकारात्मकभन्दा पनि नकारात्मक मनोभावना बढी हुनु नै सेयर बजार तल झर्नुको प्रमुख कारण मानिएका छन् ।

यस्तै, घटेको बजार सुधारका लागि नियामक निकायहरूले तत्परता नदेखाउनु, लगानीकर्ता शिक्षा र साक्षरताको कमी हुनु, ग्रामीण क्षेत्रसम्म बजारको पहुँच विस्तार नगरिनु पनि बजार सुधार हुन नसक्नुका थप कारण हुन् ।

यस दिन २८७ कम्पनीको ४३ लाख २७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३ करोड ५१ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नबिल बैङ्क अगाडि छ । यसै गरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः रिलायबल नेपाल लाइफ इन्सुरेन्स र हिमालयन लघुवित्त परेका छन् ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...