Skip to main content

धनगढी न्यूज

भारत लैजान लागिएका पाँच जना बालिकाको उद्धार

Advertisement

बारा, २६ असोज । भारत लैजान लागिएका ५ बालिकाको बारा प्रहरीले उद्धार गरेको छ। करैयामाई गाउँपालिका वडा नम्बर १ बाट गत सोमबार साँझबाट हराएका ५ बालिकाको प्रहरीले उद्धार गरी परिवारको जिम्मा लगाएको हो।

भारतको मोतिहारी जिल्ला, पूर्वी चम्पारण ढाका थाना विक्रमपुर गाउँ बस्ने सत्य व्रत पालको छोरा १८ को कवि कुमार पालले उनीहरूलाई भारत लैजान लागेका थिए। सोही क्रममा भारतीय युवक पालबाट बालिकाहरूलाई उद्धार गरी जिल्ला प्रहरी कार्यालय बारा मार्फत अभिभावकको जिम्मा लगाइएको हो।

गाउँबाट वर्ष १३ की १ जान, १४ की २ जना, १६ की २ जान गरी ५ (पाँच) जना बालिका एकसाथ हराएपछि अभिभावकले प्रहरीमा खबर गरेका थिए। बालिकाहरूको फोटो सहित प्राप्त सूचनापछि परिचालित प्रहरीले विभिन्न विधिबाट खोजतलास गर्ने क्रममा बुधवार अपराह्न विरगजंमा बालिकाहरू फेला परेका थिए।

प्रहरीको विशेष टोलीले खोज तलास गर्दै जाँदा पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्श नगर स्थित रानीसित धर्मशाला नजिकैबाट रक्सौलतर्फ जाने क्रममा उनीहरू फेला परेका हन्।

बालिकाहरूलाई भारत लैजान खोज्ने भारतीय युवक पक्राउ गरी उनीमाथि अनुसन्धान कार्य भइरहेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...