Skip to main content

धनगढी न्यूज

पुनः लेख्नेछु !

Advertisement
* बिनु ‘खुसी’
हरियाली थियो मौसम
  रङ्गी विरङ्गी ती सपना
 मुना थियो काखामा
हर्षित थिए बिपना
 नसुती बिते दिन
 अनि रोएरै कटे
 कति रातहरू
हुण्डरी बनी आयो
 कापे मेरा हातहरू
नसोचेको
 नसम्झेको
 यो के भो सपना ?
 सारा खरानी भई
 चकनाचुर पो भो
 आशा पनि
मर्न थाले
 मन खुसी भएन
 शरीरले बाटो
 छेके पनि
 मन गलेको थिएन
 अर्ध नारी भएछु !
 कठै हराएछन् मेरा रङ्गहरू
लड्दै हिँडे
 भिड्दै हिँडे
जित्नु छ
जङ्ग भनी
 दुख्यो छाती
 गले मेरा हातहरू
कतै छुट्ने हुनकी
 कठै समाउने ती साथहरू
मनमा आशा
 आफ्नाको भरोसा
 मौलाउने थाले
 फेरि नयाँ पालुवा
 आफू भित्रको दृढ विश्वास
अनि आफ्नाको माया
 दरो थियो साथ
 आखिरमा,
मृत्युलाई पनि
दिए मैले मात
अवश्य मौलाउनेछन्
फेरि पालुवा
 अनि उदाउने छ
 सुन्दर बिहानी
 पुनः लेख्नेछु
सुन्दर मनले
 फेरि म आफ्नै कहानी
कुँजिएको शरीरलाई
सुमसुम्याउन थाले
 पतझर बनेका पालुवा फेरि
 फक्रिन थाले
 माया गर्छु आफैँलाई
म आफ्नो आफैँ भए
साथी चरी(पन्छी) बनी उड्छु
 आज गगनको माथि माथि
२०७७ कार्तिक १८ गते बेलुका ७:५०, 
 बुढानीलकण्ठ

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...