Skip to main content

धनगढी न्यूज

भारतमा एकै परिवारका ७ जनाद्वारा सामूहिक आत्महत्या

Advertisement

 

नयाँ दिल्ली, ११ कार्तिक । भारतको सुरत सहरमा सामूहिक आत्महत्याको खबर सार्वजनिक भएको छ ।

यस दुखद घटनामा एकैसाथ सात जनाको मृत्यु भएको छ । सुरतको यो हृदय विदारक घटनामा पुरै परिवारले विष पिएर सामूहिक आत्महत्या गरेका छन् ।

एक परिवारका श्रीमान् श्रीमती, बाबुआमा, एक छोरा र दुई छोरीसहित सामूहिक आत्महत्या गरेको खबर सार्वजनिक भएको हो ।

शान्तिलाल सोलंकीले झुन्डिएर आत्महत्या गरेका छन् भने परिवारका अन्य सदस्यले पनि विष खाएर आत्महत्या गरेको आशङ्का गरिएको छ । यो घटना सूरतको पालनपुर क्षेत्रमा भएको हो ।

प्रहरीका अनुसार यो दुखद घटना शनिवार सूरतको अडाजन क्षेत्रमा भएको हो । यस घटनाले सुरतका बासिन्दाहरूलाई स्तब्ध बनाएको छ किनभने चार वयस्क र तीन बालबालिकासहित एकै परिवारका सात सदस्यले सामूहिक आत्महत्या गरेका छन्। घटना अडाजनको पालनपुर पटिया स्थित सिद्धेश्वर अपार्टमेन्टमा भएको हो ।

शान्तिलाल सोलंकीले पहिले आफ्नी श्रीमती, आमा, बुबा र तीन छोराछोरीसहित परिवारका सदस्यलाई विष दिएर पछि आफ्नै अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेका थिए ।

घटना बारे स्थानीयले प्रहरीलाई खबर गरेपछि अडाजन प्रहरी र वरिष्ठ प्रहरी अधिकारी घटनास्थलमा पुगेका थिए ।

यो घटनाले पालनपुर पटियामा बसोबास गर्ने जनतामा शोकको लहर फैलिएको छ । मृत्युको कारण खुल्नका लागि प्रहरीले शव पोस्टमार्टमका लागि नयाँ सिभिल अस्पतालमा राखेको छ ।

प्रहरी अधिकारीहरूले परिवार र उनीहरूको आर्थिक अवस्थाबारे थप जानकारी लिन छिमेकीहरू र क्षेत्रका अन्य मानिसहरूसँग सोधपुछ गर्न थालेका छन्। यो सामूहिक आत्महत्याको कारण के हो ? भनेर अहिलेसम्म कसैलाई थाहा छैन। तर, आर्थिक समस्या, पारिवारिक विवादलगायत सबै पक्षमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार सुरतमा भएको सामूहिक आत्महत्याको घटनामा एकैसाथ सात जनाको मृत्यु हुनेमा शान्तिलाल सोलंकी र उनकी श्रीमती रिता सोलंकी, उनका छोरी काव्या सोलंकी र दीक्षा सोलंकी, छोरा कुशल सोलंकी, शान्तिलाल सोलंकीका बुवा कानुभाइ सोलंकी र आमा शिलाबेन रहेका छन् ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...