धनगढी न्यूज

बारामा प्रधानाध्यापकमाथि गोली प्रहार

बारा, १३ कात्तिक । बाराको कलैयामा  अज्ञात समूहले एक प्रधानाध्यापकमाथि गोली प्रहार गरेको  छ ।

अज्ञात समूहले कलैयामा बाल एकता बोर्डिङ सञ्चालक तथा प्रधानाध्यापक  रुपेश स्वर्णकारमाथि २ राउन्ड गोली प्रहार भएको बारा प्रहरीले जनाएको छ ।

उनलाई उपचारका लागि एलएस न्युरो अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

घटनमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×