Skip to main content

धनगढी न्यूज

एमबिबिएसको पढाई सुरु गर्ने तयारी तीव्र पारेका छाै मन्त्री:पुन

Advertisement

घाेराही दाङ / लुम्बिनी प्रदेश सरकारका स्वास्थ मन्त्री दिपेन्द्र कुमार पुनले प्रतिष्ठानले एमडी पढाई सुरु गरिसकेको र एमबिबिएसको पढाई पनि सुरु गर्ने गरी आफ्नोतर्फबाट तयारी तीव्र तयारी गरेको र छिट्टै संचालन आउने बताउनु भएको छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले अत्याधुनिक सुविधायुक्त भिडियो एक्सरे मेसिन प्रतिष्ठानलाई हस्तान्तरण गरेको हो । विहीवार एक कार्यक्रमका बिच प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र पुनले प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछाने, रजिष्ट्रार प्राध्यापक श्याम लम्साललाई अत्याधुनिक मेसिन हस्तान्तरण गर्नु भएको थियो । सो अवसरमा मन्त्री पुनले मेसिनको उद्घाटन गर्नु भएको थियो । उहाँले अस्पतालको ओपिडी, इमरजेन्सी, सर्जरीलगायत विभिन्न विभागहरुको समेत स्थलगत अवलोकन गर्नुभयो । अवलोकनपछि प्रतिष्ठानमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पुनले प्रदेश सरकारको तर्फबाट सुविधा सम्पन्न भिडियो एक्सरे प्रतिष्ठानलाई प्रदान गरेको भन्दै अस्पतालको सेवालाई चुस्तदुरुस्त र बिरामीमैत्री बनाउन आग्रह गर्नुभयो ।

लुम्बिनी प्रदेशमा सरकारी मेडिकल कलेजको रुपमा प्रतिष्ठान रहेको भन्दै मन्त्री पुनले यसको विकासका लागि प्रदेश सरकारले सबैखाले सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो । उहाँले प्रतिष्ठानले एमडी पढाई सुरु गरिसकेको र एमबिबिएसको पढाई पनि सुरु गर्ने गरी आफ्नोतर्फबाट तयारी तीव्र पारेकाले यसमा पनि प्रदेश सरकारले ल्याब बनाउनेदेखि पूर्वाधारमा केन्द्र सरकारसँग पनि समन्वय गर्ने कुरामा आश्वस्त पार्नुभयो । मन्त्री पुनले एमबिबिएसको आवश्यक तयारीको लागि जिल्ला स्वास्थ्य कार्यालयको भवनलाई प्रयोगमा ल्याउन मन्त्रिस्तरीय निर्णय गरिएको जानकारी दिनुभयो । स्वास्थ्य र प्रतिष्ठानको आपसी समझदारीमा भवनको प्रयोग गर्ने गरी ब्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...