धनगढी न्यूज

राजेन्द्र लिङ्देनले रोष्ट्रममै च्याते बजेट पुस्तिका

Advertisement

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको रोष्ट्रममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् ।

           

मंगलबार मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट पुस्तिका च्यातेका हुन् ।‘सामान्यतया म आफूलाई हेर्दा कम आक्रोश पोख्ने, कम रिसाउन मान्छे हो । रिस उठ्छ कहिलेकाहीँ तर एकछिन पछि सेलाउने र मन बुझाउने खालको मान्छे ठान्छु । तर, जब भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा पर्‍यो त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर (च्यात्दै)  हुर्‍याउने मन छ । उनले भने, ‘तर, यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर कहाँ हुर्‍याउनुपर्ने त्यहाँ नहुर्‍याएर यहाँ (पोडियम) राख्छु मैले।’

सामान्य लाज घिन पनि नराखेर राज्य स्रोतमाथि मनपरी गरिएको भन्दै लिङ्देनले कति दिन सहेर बस्ने भनेर प्रश्न गरे।

उनले जिल्लाको नाम धेरै राखेको भनेर टिप्पणी हुन्छ भनेर ठेगाना समेत नलेखेर योजनामा बजेट राखिएको भन्दै आक्रोश व्यक्त गरे। अहिलेको व्यवस्था र राज्य संरचना नै असफल बनाउन स्वयम् नेताहरु लागेको उनको तर्क थियो।

‘कसैको निर्वाचन क्षेत्रमा तपाईंको मन्त्रालयबाट एउटा पनि योजना पर्नु नपर्ने, एउटा निर्वाचन क्षेत्रमा अर्बौं पर्नुपर्ने के कारण हो ? कुन विधि कुन तरिकाले हो ? यो कुरा भन्नुपर्यो, थाहा दिनुपर्‍यो नि ।’ उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठलाई लक्षित गर्दै लिङ्देनले भने, तपाईंले बजेट बनाउँदा सँगसँगै विधि पनि भत्काउनुभएको छ। अब अर्कोले पनि मन्त्री बन्न ढुकेर बस्नु पर्‍यो । बनेपछि त्यसै गर्नुपर्‍यो । तपाईंले देशमा विधि भत्काउने काम गर्नुभएको छ’, उनले भने ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ओली नेतृत्वको सरकार असफल भएको जसपा नेपालको निष्कर्ष

ओली नेतृत्वको सरकार असफल भएको जसपा नेपालको निष्कर्ष

जनता समाजवादी पार्टी नेपालले नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकार असफल भएको निष्कर्ष निकालेको छ। सोमबार पार्टी कार्यालय बा...
बजेट भोलि निर्णयार्थ पेश  गरिने, एमालेले लगायो ह्विप

बजेट भोलि निर्णयार्थ पेश गरिने, एमालेले लगायो ह्विप

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको बजेट भोलि संसदबाट पारित गर्ने तयारी गरेको छ।   बजेटमाथ...
इजरायलका लागि जासुसी गरेको अभियोगमा इरानद्वारा एक व्यक्तिलाई मृत्युदण्ड

इजरायलका लागि जासुसी गरेको अभियोगमा इरानद्वारा एक व्यक्तिलाई मृत्युदण्ड

इरानको न्यायपालिकाले इजरायलका लागि जासुसी गरेको अभियोगमा दोषी ठहर भएका एक व्यक्तिलाई सोमबार मृत्युदण्ड दिएको जनाएको छ । 'यह...
अब धनगढीका दलित छात्राहरूलाई उपमहानगरले स्नातक तहसम्म छात्रवृत्ति दिने

अब धनगढीका दलित छात्राहरूलाई उपमहानगरले स्नातक तहसम्म छात्रवृत्ति दिने

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाको नीति तथा कार्यक्रम पारित भएको छ।उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्...
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×