Skip to main content

धनगढी न्यूज

एसपीए कलेज र सिद्धार्थ हस्पिटालिटी बिच सम्झौता

Advertisement
धनगढी:  सुदूर पश्चिमाञ्चल क्याम्पस एसपीए कलेज र सिद्धार्थ हस्पिटालिटी प्रा.लि. बिच सम्झौता भएको छ । शुक्रवार एक समारोहका बिच एसपीए कलेजको सभा हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
देशभर ३२ आउटलेटहरु बाट १८०० जनालाई रोजगारी दिइरहेको सिद्धार्थ हस्पिटालिटी र एसपीए कलेज बिच भएको सम्झौता पत्रमा एसपीए कलेजका प्रबन्ध निर्देशक सुवाश शाही र सिद्धार्थ हस्पिटालिटीका वइस्ट्रन रिजनल एज्क्युटिभ डाइरेक्टर केशव राज न्यौपानेले हस्ताक्षर गरेका छन्  ।
समझदारीसँगै एसपीए कलेज, कलेजका कर्मचारी, फ्याकल्टीज र विद्यार्थीहरू लाई रेस्टुरेन्ट सेल्स फुड एण्ड वेभरेजमा १० प्रतिशत छुट दिने र कर्पोरेट रेटमा सेवा सुविधा प्रदान गर्ने  सिद्धार्थ हस्पिटालिटीका वईस्र्टन सिजनल एज्क्युटिभ डाइरेक्टर केशव राज न्यौपानेले बताए । धनगढीमा फोर स्टार होटेल खोल्ने तयारी रहेको बताउँदै न्यौपानेले कलेज तथा एसपीएका विद्यार्थीहरू सँग हातमा हात र काँधमा काँध मिलाएर अघि बढ्ने बताए ।
त्यस्तै एसपीए कलेजका बि.एच.एम. प्रोग्राम डाइरेक्टर रवीन्द्र परियारले सिद्धार्थ हस्पीटालिटी सँगको सहकार्यले एसपीए कलेजका विद्यार्थीहरू लाई प्राथमिकताका साथ इन्टनसीप तथा रोजगारीको अवसर प्राप्त हुनेमा विश्वास व्यक्त गरे ।
यस्तै, सिद्धार्थ हस्पिटालिटीका अध्यक्ष चिन्तामणि न्यौपानेले सुदूरपश्चिमकै राम्रो बिएचएम कलेज सँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै स्वदेशमै, एसपएमै पढ्न आग्रह गर्दै सिद्धार्थ हस्पिटालिटीमा पेड इन्टर्नसिप तथा त्यही काम गर्दै कर्मचारीलाई नै आउट लेटको जिम्मेवारी दिने सम्मको व्यवस्था मिलाउने प्रतिबद्धता गरे ।
साथै, एसपीए कलेजका प्रबन्ध निर्देशक सुवाश शाहीले सिद्धार्थ हस्पिटालिटीको टिमलाई धनगढी सिटी अफ क्रिकेटमा स्वागत गर्दै यो एसपीए र सिद्धार्थ एक ठाउँमा उभिएर  थालनी गरेको सहकार्यले थप हौसला मिलेको र विद्यार्थीहरू का लागि रोजगारी प्राप्त गर्ने उत्कृष्ट अवसर रहेको स्पष्ट पार्दै धनगढीमा आउट लेट सहित भित्रिन लागेको सिद्धार्थ हस्पिटालिटीलाई सफलताको शुभकामना समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...